Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ महानगरका मेयर बालेनलाई फोहर ब्यवस्थापन सबै भन्दा ठूलो चुनौति : भक्त बहादुर के सी

काठमाडौँ महानगरका मेयर बालेनलाई फोहर ब्यवस्थापन सबै भन्दा ठूलो चुनौति : भक्त बहादुर के सी

काठमाडौं । स्थानिय तह निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको र सबैको केन्द्र बन्यो काठमाडौं महानगरपालिका । त्यसो त काठमाडौँ महानगरपालिका हरेक निर्वाचनमा चर्चाको विषय बन्छ । देशकै मुटु मानिने यो शहरमा पनि जनप्रतिनिधिले अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै असन्तुष्टिका स्वर सार्वजनिक भइरहेका थिए । यो स्थानिय तहको निर्वाचनमा त्यही असन्तुष्टिको आवाजको विकल्पको रुपमा निश्किए बालेन्द्र शाह अर्थात बालेन शाह । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ७६७ मत प्राप्त गरी राजनितिक दलहरुको शेखी झरीदिए ।

स्ट्रक्चरल इन्जिनियर, र्यापर शाहले पद्मा ग्रुप अफ कम्पनीज विश्वेश्वरया टेक्नोलोजिकल युनिभर्सिटी इन्जिनियरिङ गरे भने हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक डिग्री प्राप्त गरे। उनले भारतको कर्नाटकको विश्वेश्वरया टेक्नोलोजिकल युनिभर्सिटीबाट संरचनात्मक इन्जिनियरिङमा मास्टर डिग्री (एमटेक) पनि प्राप्त गरे । उनि पढाईमा मात्रै हैन गीत संगीतमा पनि अब्बल छन् । एउटा फरक पृष्टभुमिबाट स्वतन्त्ररुपमा महानगरमा प्रभुत्व जमाउनु निकै ठूलो कुरा हो । अब आम जनताले राजनितिको बिकल्प खोजी रहेका छन भन्ने कुरा यसबाट पनि के प्रस्ट हुन्छ । बालेन सबैको आसा अनि भरोसाका केन्द्र हुन् । बर्षै देखि दुर्गन्धले निश्सासिएका काठमाडौँ उपत्यकाका मानिसले उनको भिजन देखेर महानगरमा ल्याए । फोहोर ब्यबस्थापनलाई मुख्य एजेण्डा बनाएका शाह मेयर बनेको लगभग तिन महिना हुदा पनि काठमाडौँको फोहोर ब्यवस्थापनमै रुमलिएका छन् । आफ्ना माग पुरा नभएको भन्दै पटकपटक आन्दोलनमा उत्रिएका सिसडोल र बञ्चरेडाँडाका बासीन्दाले अहिले भने काठमाडौँको फोहोर रोक्ने चेतावनी पनि दिईसकेका छन् ।

यता फोहोर ब्यवस्थापन गर्न अध्ययनका लागी महानगरपालिकाका मेयर शाहको संयोजकत्वमा कार्यदल गठन भएको छ । काठमाडौं उपत्यकाको फोहोरको समस्या सधैको हो । बढ्दो सहरीकरणका कारण खुला स्थान हराउँदै गएपछि फोहोर व्यवस्थापनका लागि थप चुनौति सिर्जना भएको छ । काठमाडौं उपत्यकाभित्र उत्पादन हुने फोहोर व्यवस्थापनको विषय सहरी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौँ र ललितपुर महानगरको बढी चासोमा पर्ने गरेको थियो । सामान्य अवरोध आउना साथै उपत्यकाका सहरमा फोहोर थुप्रने र त्यसबाट अनेकन समस्या निम्तने गरेको तथ्य आम मानिसको जानकारीमै रहेको छ ।

पछिल्लो पटक सिसडोल ल्याण्डफिल साइट भरिएका कारण सरकारले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ । तीव्र विवाद र चौतर्फी आलोचनाकाबीच सरकार, स्थानीयवासी र महानगरबीच भएको समन्वय पनि अल्पकालीन मात्रै छ । फोहोरलाई मोहोर बनाउने विषयमा लामै समयदेखि चर्चा भएपनि त्यसमा खास प्रगति हुन सकेको छैन । कुहिने फोहोर प्रयोग गरेर घरमै कम्पोस्ट मल बनाउन सकिन्छ । नकुहिने फोहोरको व्यवस्थापनको विषय सबैभन्दा गम्भीर रहेको छ ।

पछिल्लो पटक काठमाडौँ महानगरका प्रमुख साहले पनि फोहोर व्यवस्थापनको दिर्घकालीन उपायको खोजी गर्ने बताउदै आएका छन् । फोहोरबाट बिजुली उत्पादन समेत गर्ने सकिन्छ । त्यसका लागी प्रभावकारी रुपमा अनुसन्धान तथा कार्ययोजना तयार गर्नु पर्छ । यस्तै फोहोरको विषयलाई लिएर वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर उत्पादन हुने मेसिनको निरीक्षण गरी त्यसको विस्तारका बारेमा चासो व्यक्त गरेका थिए । २०७९ असार ७ गते सो मेसिनको निरिक्षण गर्दै मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुङ्गा सावित हुने बताएका थिए ।

यता हेटौँडा उपमहानगरपालिका–८ का कृष्ण खतिवडाले विगत ४–५ वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर सो मेसिन निर्माण गरेर विदेश निर्यात गर्दै आएका छन् । उक्त मेसिनले फोहोरमा भएका टिन, फलामलगायतका बस्तु छानेर अलग गरिदिन्छ । कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिङ्कर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए । नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै व्यवस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको दुखेसो खतिवडाको छ ।

नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उनको भनाइ छ । यद्यपि बनेका मेसिन भने जापान पठाएर बिक्री भइरहेको उनले बताए । मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ । शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ । सो मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिए ।

उनका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिङ्कर निस्कन्छ जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ ।

नेपालभित्र बेच्ने अनुमति भए पनि सरकारले प्रमाणपत्र नदिएको कारण विदेश पठाउन समस्या हुने गरेको खतिवडाले बताए । यद्यपि नेपालमा प्रयोग गर्नपर्ने अवस्था भए पनि हालसम्म कुनै पनि निकायले प्रयोग नगरेका कारण आफूलाई दुःख लागेको उनको भनाइ छ । खतिवडाले फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिनसमेत उत्पादन गर्ने साना किसिमका मेसिन पनि बनिरहेको जानकारी दिए ।

फोहोरमा फोहोरमात्रै हुँदैन । त्यसमा अनेकन खालका अन्य जैविकतत्वसमेत हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको काठमाडौँ महानगरको भनाइ छ । त्यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि त्यसमा जोडिन्छ ।

एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगरबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल साइटमा पुर्याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर पनि यसअघि सिसडोल लगिन्थ्यो भने अहिले बञ्चरेडाँडा लान थालिएको छ । यस विषयमा सम्बन्धीत निकायले बेलामै ध्यान दिने हो भने काठमाडौँको फोहोर ब्यवस्थापन दिर्घकालीन रुपमा नै समाधान गर्न सकिन्छ ।