धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राई एकल हिरो नेपालमा वास्तविक असल नेताको राम्रो उदाहरण हुनुहुन्छ । जनताको हितका लागि काम गर्ने र गर्न प्रेरणा दिने सहकार्य गर्ने बानीले मतदाता, साथी, आफन्तको बीचमा लोकप्रिय देखियो । भ्रष्टाचारविरुद्ध काम गर्ने सामाजिक अभियन्ता सचेतना कार्यक्रमहरू साथै कडा मेहनत खुला दिमाग लिएर आफ्नो ठाउँ आफै बनाऊ सोचले मेयरजस्तो गरिमामय सम्मानित पद प्राप्त गर्न सफल हुदा खुसि लग्यो हार्दिक अभिबादन । प्राकृतिक सम्पदाको संरक्षणका लागि काम गरी धरानका जनताको दैनिक आधारभूत आवश्यकताहरू जस्तै पानी, बिजुली, खाना र आश्रयको पूर्ति गर्न राम्रो जीवन शैलीको लागि काम गर्नु र आफ्ना मतदातालाई गहिरो छाप पर्नेगरी गर्दै आएका सेवाहरुले इतिहास बन्नेछ । हर्कराज सम्पाङ राई बहुमुखी, बहुमुखी व्यक्तित्व हुदा देशले असल सपुत दिएको महसुश हुन्छ यस्ता एक हजार हर्कराज सम्पाङको यो मातृभूमिलाई खाँचो छ । सामाजिक कार्यकर्ता र भ्रष्टाचार विरोधी कार्यकर्ताको रुपमा काम गर्न थालेका व्यक्ति देशभक्तिले भरिपूर्ण व्यक्ति मानिन्छन ।
खराब परिस्थितिमा मैदानमा काम गरेर अप्ठ्यारो अवस्थामा रहेका धरानका जनताका लागि संघर्ष गरिरहदा काठमाडौँबाटै सलाम ठोक्न मन लाग्छ । विगत एक दशकदेखि हर्कसम्पाङ राई धरानमा सामाजिक अभियन्ता भई हार नमानी विभिन्न अभियानमा संलग्न हुदै जलाधार संरक्षण अभियानबाट अभियानकर्ताको रूपमा उनको यात्राबाटै चुनावी प्रचारमा एक्लै लडाई लडिरहदा धेरै खालका विचार आउने गथ्र्याे । धरानको माटोले असल सपुत जन्म दिएको रहेछ । सालिन तनावरहित रहनसक्नु, मुस्किल काम पनि सजिलोसंग लिनुले बरदान प्राप्त व्यक्तिको रुपमा धरानवासीले पाएको देखिन्छ ।
धेरैजसो उम्मेदवारहरूभन्दा फरक, हर्क साम्पाङ राईको चुनावी अभियान कम थियो । एक्लै चुनावी प्रचारप्रसार गरिरहेको देखियो । उनको पछाडी कोही समर्थक थिएनन् । उनको चुनावी अभियानलाई हेर्दा उनले ल्याएको नतिजा सायद कसैले सोचेका थिएनन् । तर कुराले यू–टर्न लियो । मिसनमा एक मान्छे सफल ब्यक्ति त्यो पछिल्लो समय धरानको खानेपानीको समस्या समाधानमा हर्क सम्पाङ राई निकै केन्द्रित भएका देखिन्थे । सहरमा लामो समयदेखि पिउनेपानीको अभावबाट गुज्रिरहेको धरान सहर र अबको आवश्यक वस्तुहरू, चीजहरू परिवर्तन गर्न चाहन्छन् । पानीको धाराको प्रतीक लिएर चुनाव लड्न चाहन्थे, तर पहिले नै कसैलाई दिएकोले चुनावका बेला लाठीको चिन्हमा चिनाउन बाध्य भए । धरान उपमहानगरपालिकाको स्थानीय निर्वाचन २०७९ मा स्वतन्त्र मेयरका उम्मेदवार हर्क साम्पाङ राई चुनाव चिन्ह लौरो भयो ।
६ वर्ष विदेशमा काम गरेपछि धरान फर्किएर भ्रष्टाचारको विरोधमा राष्ट्रिय एकता सञ्जाल खोलेर आजको काम गरेर देखाएको देख्दा कांग्रेस, कम्युनिस्ट, प्रजातान्त्रपार्टीका दहीचिउरे कार्यकर्ता नैतिकरूपमा खराब आचरण भएका नेता, खराब भ्रष्ट आपराधिक मानसिकता बोकेका नेताका लागी थप्पड भएको छ्र । अब धराने जनताले बुजिसके कस्तो नेता चाहिने रहेछ ? आगामी संसदीय र प्रदेश चुनावको लागि पनि हर्क सम्पाङ राई जस्तै निडर, सालिन, एक सज्जन, उत्कृष्ट एक उच्च सामाजिक स्थितिमा नेतृत्व लिन सक्ने उम्मेदवार, एक उत्कृष्ट शिष्ट, दयालु व्यक्ति, उम्मेदवारहरूको सूची पनि बनिसक्यो होला भन्ने आश गर्नु सकिन्छ ।
भक्तबहादुर केसी