Shares
Shares
काठमाडौँ । तपाइँहरु मध्ये धेरैलाई मन पर्ने तथा धेरै रुचाईने नाम अनुराधा कोईराला । उनि मात्रै अनुराधा होईनन् । उनी हरेक नेपाली चेलीकी आमा हुन् । भनिन्छ आमा भनेको यो दुनियाँ देखाउने देवि हुन्, अनि सृष्टि कर्ता पनि । आमाको तुलना त कसै संग पनि गर्ने मिल्दैन । अनुराधाले कयौँ चेलीलाई नयाँ जीवन दिएकी छन् । यो संसारमा बाच्नुको कारण दिएकी छन् । हो आज हामी उनै अनुराधाको बारेमा चर्चा गर्ने छौँ । उनी गुङबाट कोइराला बन्नुको पछाडीको कारण आज हामी चर्चा गर्ने छौँ । यदि तपाँहरुलाई यो विशेष भिडियो मन परेको छ भने सेयर पनि गर्न सक्नु हुन्छ ।
बुबा प्रतापसिंह गुरुङ तथा आमा जरिना गुरुङको कोखबाट वि.सं. २००९ साल वैशाख १ गते अनुराधाको जन्म भएको हो ।बुबा भारतीय सेनामा कर्णेल भएकाले पनि उनको जन्म सिलोङमा भयो । पढाइ–लेखाइ उतै भयो । बुबा आर्मीमा भएकाले होस्टेलमै बसेर मैले पढिन् । पढाइमा अब्बल अनुराधा सानैदेखि एकदमै हक्की र केही गर्नुपर्छ भन्ने स्वभावकी थिईन स्कुल पढ्दा उनमा एयरहोस्टेस बन्ने सपना थियो । तर, परिवारले रुचाएनन् । एयरहोस्टेसले प्लेनमा अरूले खाएको भाँडा उठाउने काम गर्ने, धेरैजनाको भाँडा उठाउनुभन्दा कसैको घरमा काम गर्दा एकैजनाको भाँडा उठाए हुन्छ भनेर उनलाई सबैले गाली गरे । यसरी परिवारबाट निकै गाली आए पछि उनको एयरहोस्टेस बन्ने समना यसै मर्याे । बुबाको सपना कानुन पढाएर लन्डन पठाउने थियो । त्यतिवेलाको समयमा चार दाजुभाइले नेपाली स्कुलमा पढेका थिए भने उनलाई बोर्डिङ स्कुलमा पढाएर होस्टेलमा राखेका थिए । छोराभन्दा पनि छोरीलाई राम्रोसँग पढाउनुपर्छ भन्ने उनको परिवारको मान्यता थियो । छोरीलाई राम्रोसँग पढाउँदा उनीहरू आफैँ जागिर खाने र श्रीमान्ले हेप्न नसक्ने विश्वासका कारण ंग्रेजी स्कुलमा पढाइएको थियो । एयरहोस्टेस बन्ने सपना छाडेपछि लक्ष्यहीनजस्तो भएर उनी मुख्य विषय अंग्रेजी लिएर कलकत्तामा कलेज पढ्न थालिन् ।
आसाममा हुर्किएकी उनी २०२१ सालमा नेपाल आएकी हुन् ।त्यतिवेला अंग्रजी स्कुलको नेपालमा भर्खरे लहर सुरु भएको थियो । सुरुमा उनले वीरगन्जमा बसेर पढाई । पछि २०२३ सालमा म काठमाडौं आएँ । वीरगन्जबाट काठमाडौं आएपछि डिल्लीबजारको अमर आदर्श स्कुलमा पढाउन थालिन । अंग्रेजी भाषामा दख्खल भएकी अनुराधाले अंग्रेजी शिक्षणबाट करियर प्रारम्भ गरिन् । शिक्षण पेसा पनि एक किसिमको समाजसेवा नै हो भन्ने कोइरालाले शिक्षणमा २० वर्ष बिताइन् । बालबालिकालाई खेलाएर पढाइने मन्टेश्वरी शिक्षण विधि जानेकी कोइरालाले न्यू इंग्लिस स्कुल , मार्टियस, बूढानीलकण्ठ, ग्यालेक्सी, युनिभर्सल साइन जस्ता विद्यालयमा शिक्षिकाको भूमिका निर्वाह गरिन् भने त्रिशक्ति विद्यालयमा संस्थापक प्रधानाध्यापकका रूपमा काम गरिन् ।
काठमाडौंको बसाइका क्रममा दिनेशप्रसाद कोइरालासँग उनले अन्र्तजातिय विवाह गरिन् । अमर आदर्श स्कुलमै पढाउँदाखेरि उनको बिबाह भएको हो । त्यतिवेला गुरुङकी छोरी र कोइरालाको छोरा विचमा मागीविवाह त सम्भव नै थिएन । त्यसैले उनले प्रेमविवाह गरिन् । उनले पढाउने स्कुलन जिकै दिनेशको घर भएकाले त्यही क्रममा चिनजान भएको थियो । गुरुङ कि छोरी कोईराला संग विवाह गरेकाले उनकी सासुले भोटिनी भन्ने गर्थिन । बिहेपछि पनि उनको थर नागरिकतामा गुरुङ नै थियो नागरिकता हराएकोले पछि उनले नागरिकता कोईराला बाट बनाएकी हुन् । यसरी सुरु भयो गुरुङबाट कोईरालाको यात्रा ।
महिला जनसंख्याको भलाइका लागि संस्था स्थापना गर्न उनको प्रेरणा उनको श्रीमान दिनेशप्रसाद कोइरालासँगको कटु सम्बन्धबाट आएको हो । धेरै वर्ष हिंसा, दुर्व्यवहार र तीन पटक गर्भपात गरेपछि उनी आफ्नो पतिबाट अलग भइन् । अनौराधा कोइरालाले १९९३ मा प्रायः चुपचाप दुः ख र पीडा भोगेका बच्चाहरू र महिलाहरूको सेवा प्रदान गर्ने उद्देश्यले माइती नेपाल स्थापना गरिन् । उनले माइती नेपाल मात्र स्थापना गरेकी थिइनन्, उनले महिला र बालबालिकालाई सहयोग पु¥याउन ट्रान्जिट होम, शैक्षिक र चिकित्सा केन्द्र पनि स्थापना गरेकी थिइन ।
करिब ५३ वर्षअघि पनि गौशालामा बस्ने कोइराला प्रायः बिहान पशुपतिनाथको दर्शन गर्थिन् । पशुपति जाने क्रममा बाटामा बच्चा अगाडि राखेर भिक्षा माग्नेहरू प्रशस्त देखा पर्थे । त्यस्तो देख्दा उनको मनमा प्रश्न उब्जन्थ्यो । यसरी दिनभरी सडकमा मागेर राति आकाशको ओत लाग्नेहरू यौनजन्य हिंसाबाट मुक्त होलान् त ? यही प्रश्नको उत्तर खोज्ने क्रममा एक मगन्ते महिलासँगको वार्तालापबाट थाहा भयो उनको शंका ठीक रहेछ । यौनजन्य हिंसाबाट मुक्त गर्न उनले भेटिएकामध्ये नौजनालाई सहयोगस्वरूप कोठा लिन तथा नाङ्लो पसल थाप्न प्रतिव्यक्ति १ हजार रुपैंयाँका दरले उपलब्ध गराएपछि उनको समाजसेवा प्रारम्भ भयो ।
बचतका रूपमा जोगाएर राखेको २३ हजार तथा तलबस्वरूप प्राप्त हुने ७ हजार मिलाएर सुरु भएको सहयोगबाट पसल थापेपछि उनी प्रतिदिन २ रुपैंयाँका दरले ती महिलाहरूबाट उठाउँथिन् । उक्त रकमबाट १० जना बालबालिकालाई सहयोग गर्न थालिन् । तलबले तिनलाई ख्वाउन पुग्ला भन्ने आशा राखेकी अनुराधामा ऋण थपिँदै गयो । मेहनत र दुःख एकसाथ बढ्दा उनलाई क्षयरोगले समात्यो तर पनि उपचारपछि मुलुकको गम्भीर समस्याका रूपमा फैलिएको चेलीबेटी बेचबिखनविरुद्ध चेतना फैलाउने उद्देश्य राखी पद्मकन्याका विद्यार्थी र प्रहरीलाई साथमा लिई बेचबिखनको गढ मानिएका जिल्लाहरू घुम्न थालिन् । सन् १९९३ मा स्थापना भएको माइती नेपालको उद्देश्य बेचिएर फर्किएका चेलीलाई सहयोग गर्नु थियो ।
सन् १९९४ सम्ममा माइती नेपालमा बस्ने चेलीबेटी तथा बालबालिकाको संख्या ८० पुगेको थियो । तिनलाई खान दिन पनि निकै दुःख थियो । बिस्तारै उनको कामबाट प्रभावित भएपछि सहयोगीहरू देखा पर्न थाले । कोइराला भन्छिन बेलायती युवराज चाल्र्स नेपाल आउँदा उनीद्वारा बनाइएका चित्र माइती नेपालका लागि वरदान साबित भए । चाल्र्सद्वारा खिचिएका तस्बिर बेचेर आएको पैसा संस्थालाई सहयोग आएपछि माईती नेपालले फैलने अवसर पायो ।
हाल मुलुकभर शाखा रहेको माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई सहयोग गर्ने, संरक्षण प्रदान गर्ने, रोजगारी दिने, परिवारमा पुनस्र्थापनामा सहयोग पु¥याउने आदि काम गरिरहेको छ । नेपालका सीमामा प्रहरीझैं तैनाथ माइती नेपालका स्वयंसेवकहरूले थुप्रै चेलीबेटीलाई बेचबिखनबाट जोगाएका छन् । नीलो पोसाकमा एक–एक सवारीलाई नियालेर हेर्ने बिनाबर्दीका ती सिपाहीहरूले कैयौं चेलीबेटीका दलाललाई समात्न प्रहरीलाई सहयोग गरिरहेका छन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1728735497466308
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209