Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नर्सको रूपमा विदेशमा काम गर्न जानु अघि के -के कुरा थाहा पाउनुपर्छ ?

नर्सको रूपमा विदेशमा काम गर्न जानु अघि के -के कुरा थाहा पाउनुपर्छ ?

काठमाण्डौ नयाँ नियम अन्तर्गत, बेलायतको भिसाका लागि आवेदन दिने डाक्टर,नर्स,दन्त चिकित्सक र मिडवाइफहरूले TOEFL र IELTS जस्ता अंग्रेजी भाषा परीक्षामा बस्नु पर्दैन किनभने उनीहरूका लागि व्यावसायिक अंग्रेजी टेस्ट(OET)स्कोरहरू पर्याप्त छन् । Reading -B, Listening B, Writing C+ Speaking B भए पुग्छ,यूके गएका नर्सहरु भन्छन हामि पूर्णरूपमा खुसी छौं । स्वास्थ्यकर्मीहरूले अब भिसा र स्वास्थ्य कार्यकर्ता दर्ता दुवै उद्देश्यका लागि OET कोर्स लिन सक्छन्। यसले यूकेमा काम गर्न खोज्ने नेपाली प्रशिक्षित ट्रेनिङ प्राप्त पेशेवरहरूको बोझलाई पनि धेरै हदसम्म कम गरेको भन्छन ।

धेरै नर्सहरुले प्रश्न गर्छन के हामी कामको अनुभव बिना युकेमा नर्सको रूपमा काम गर्न सक्छौ ?

अनुभव बिना युकेमा नर्सिङ जागिरहरूको लागि आवेदन दिन सक्छन । हो, यो सम्भव छ। धेरै अस्पतालहरूले मुख्यतया अनुभवको सट्टा (OET)र CBT खोज्छन , नेपाली नर्सिङ एसोसिएसन युकेले पनि महिनाको एकपटक प्रत्यक्ष कार्यक्रम द्वारा जानकारी दिइ रहेको छ । OET प्रमाणपत्र दुई वर्षको लागि मान्य छ।

युकेमा नर्स हुन के-के योग्यता चाहिन्छ?

नर्सको रूपमा काम गर्न, नेपाली नर्स ,नर्सिङ पढेको डिग्री चाहिन्छ र नर्सिङ र मिडवाइफरी काउन्सिल(NMC)मा दर्ता भएको हुनुपर्छ। यसको अर्थ CBT पास हो । एकबर्ष पछि थप अध्ययन पनि फ्री मा पढ्न पाइन्छ NHS अस्पतालमा काम गर्नेहरुले चार नर्सिङ विशेषज्ञताहरूमा(वयस्क, बालबालिका, मानसिक स्वास्थ्य, वा सिकाउने क्षमता) मध्ये कुन अध्ययन गर्न चाहनुहुन्छ भनेर छनोट गर्न सकिन्छ । बेलायत सरकारले गृह मन्त्रालय इमिग्रेशनको लागि दक्ष आप्रवासन र विद्यार्थी भिसा सहित विभिन्न भिसा कोटाको लागि OET लाई मान्यता दिएकोछ ।OET परीक्षाको लागि कुनै उमेर सीमा तोकेको छैन। OET परीक्षामा सहभागी हुन चाहने उम्मेदवारहरूको लागि कुनै उमेर मापदण्ड छैन र UKमा OET क्लबिङ स्वीकृत छ (OET clubbing accepted) युकेमा काम गर्न चाहने तर नेपालमा PCL,BN,Bsc,MN-Msc नर्स र मिडवाइफहरूले नर्सिङ र मिडवाइफरी काउन्सिल (NMC) मा व्यावसायिक दर्ता गर्नुपर्छ। (Professional Nursing License) आवेदकहरूलाई दर्ता प्राप्त गर्न दुई-भाग प्रक्रिया मार्फत दक्षताको लागि परीक्षण गरिन्छ। जस्तै:CBT र OSCEअनि मात्र यूके नर्स बन्न सकिन्छ । नर्सहरु यूके काम गर्न जानको लागि स्पोन्सर लेटर आवश्यक पर्छ ।

यूकेमा काम गर्न नेपाली नर्सहरूको लागि आवश्यकताहरू :

–एक पूर्ण योग्य, नेपालको NNC को दर्ता नर्सहुनु पर्छ नर्सिङ डिग्री वा डिप्लोमा हुनपर्छ,

–अंग्रेजी भाषामा क्षमता प्रमाणित OET पास हुनु पर्छ,

–जागिरको लागि अन्तर्वार्तामा भाग लिनु पर्छ,

–NMC Registration हुनु पर्छ,

–CBT पास हुनपर्छ,

–NMC आवेदन मूल्याङ्क Verification हुनपर्छ,

–रोजगारदातालाई आफ्नो सर्टिफिकेट पेश गर्नुपर्छ,

–Certificate of Sponsorship (COS) हुनै पर्छ ।

NMC मा दर्ता नभएसम्म नर्स र मिडवाइफहरूले कानुनी रूपमा बेलायतमा काम गर्न सक्दैनन्। काउन्सिल दर्ता नगरी काम पाइदैन । म आग्रह गर्न चाहन्छु,नर्सहरु भ्रममा नपर्नुहोला ,जानु अघि काउन्सिलमा त्यहाँको बारेमा बुजेर मात्र अगाडी बड्नु पर्छ । NHS UK भित्र काम गर्न चाहनुहुन्छ भने - यो ब्लग पोस्टले तपाइँ हरु लाई प्रक्रियामा चरणबद्ध गाइड, सजेसन प्रदान गर्न गइरहेको छ। 9840922249, 9823249898, 015705185

https://youtu.be/qeyeOmqKMwU