Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको छ । जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।

ओपनिङमा आएकी एसहे छोदेनलाई दोस्रो ओभरमै कविता कुँवरले बोल्ड आउट गराएपछि भुटानको विकेट पतन सुरु भएको थियो ।

भुटानलाई सस्तैमा अल आउट गर्न नेपालकी संगीता राईले ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले मात्र ६ रन दिएर ४ विकेट लिएकी हुन् । यस्तै सीता राना मगर र कविता कुँवरले समान २ तथा अस्मिना कर्मचार्यले र इन्दु बर्माले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९४ रन बनाएको थियो ।