Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ।

अमेरिका भ्रमणमा रहेको नेपालले अन्तिम खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र अमेरिकाबीचको खेल आज राति ९ः१५ बजे हुनेछ।

यसअघि अमेरिकासँग भएको खेल बराबरीमा टुंगिएको थियो। अन्तिम ओभरमा मोहम्मद आदिल आलमले दुई विकेट लिएपछि नेपाल र अमेरिकाको खेल बराबरी भएको थियो।

त्यस्तै, अमेरिका भ्रमणका क्रममा नेपालले प्रतिस्पर्धा गरेका तीन खेलमा एक जितेको छ भने एकमा हार ब्यहोरेको छ।