Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग पूर्व कप्तान पारस र ज्ञानेन्द्रको भेटबार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग पूर्व कप्तान पारस र ज्ञानेन्द्रको भेटबार्ता

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटबार्ता गरेका छन् ।

पूर्व कप्तानद्वय पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग काठमाडौंबाट ग्रासरुट देखि नै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा छलफल गरेका थिए ।

पारस, ज्ञानेन्द्र सँगै शरद भेषावकर र त्यसपछि आएका सुबास खकुरेल र पृथु बास्कोटापछि काठमाडौंबाट नयाँ खेलाडी खासै नदेखिएको पारसले बताए ।

पारस, ज्ञानेन्द्र र उनीहरुको टिमले काठमाडौंमा क्रिकेट प्रशिक्षण दिन क्रिकेट एक्सलेन्स सेन्टर सीईसी एकेडेमी सञ्चालन गरिरहेका छन् ।