काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया लगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल आयोजनाका लागि नेपाल क्रिकेट संघ र रोयल हेरिटेज अस्ट्रेलियाबीच सम्झौता भएको छ ।
नेपाल क्रिकेट संघका महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरूको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको कम्तीमा तीन वर्षसम्म वर्षको कम्तीमा १० दिन अस्ट्रेलिया भ्रमण गर्ने सम्झौतामा उल्लेख छ ।
त्यहाँ स्थानीय टिमका साथै स्टेट टिम र अस्ट्रेलियाको ए टिमसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने प्रतिबद्धता रोयल हेरिटेजले गरेको क्यानका महाप्रबन्धक खनालले बताए ।