Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आईपीएल क्रिकेटको फाइनल खेल आज,कस्ले मार्ला बाजी ?

आईपीएल क्रिकेटको फाइनल खेल आज,कस्ले मार्ला बाजी ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ ।

गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।