काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आज राति उपाधिको टुंगो लाग्दै छ।
प्रिमियर लिगको अन्तिम दिन आज १० खेल हुँदैछ। जसमा उपाधि भिडन्तमा रहेका शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलले आ–आफ्ना प्रतिद्वन्द्वीविरूद्ध खेल्ने खेल बहुप्रतिक्षित छन्।
सिटीले अन्तिम दिन एस्टन भिल्लासँग घरेलु मैदानमा खेल्दैछ। लिभरपुल र वुल्भ्सबीच लिभरपुलको मैदानमा खेल हुँदैछ। दुवै खेल राति ८ः४५ बजे सुरू हुनेछ।
अन्तिम खेलअघि शीर्ष स्थानको सिटीको ९० अंक छ। दोस्रो स्थानको लिभरपुलको ८९ अंक छ।