Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आईपीएल क्रिकेटमा राजस्थान ८ विकेटले पराजित

आईपीएल क्रिकेटमा राजस्थान ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो ।

राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो ।

जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।