Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा फेला

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा फेला

काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् ।

सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने स्रोतले बतायो । घटनाको पूरा विवरण भने अझै खुल्न बाँकी छ ।

नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।