Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा बढ्यो ओमिक्रोन संक्रमण, नेपाल समेत उच्च जोखिममा

भारतमा बढ्यो ओमिक्रोन संक्रमण, नेपाल समेत उच्च जोखिममा

काठमाडौं, भारतमा पछिल्लो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । त्यसमा नयाँ भेरिएन्ट ओमिक्रोनसमेत थपिएको हो ।

हिजोसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या झण्डै डेढ सय पुगेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा ४८,नयाँ दिल्लीमा २२, राजस्थानमा १७ र कर्नाटकमा १४ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी तेलंगना राज्यमा २०, गुजरातमा ९, केरलामा ११, आन्ध्र प्रदेश, चण्डीगढ, तमिलनाडु र पश्चिम बंगालमा एक एक जना संक्रमित फेला परेका हुन् ।

भारतमा आगामी वर्षको फेब्रुअरीमा कोरोना महामारीको तेस्रो लहर आउनसक्ने चेतावनी दिइएको छ । अघिल्लो लहरमा डेल्टा भेरिएन्टले तहल्का मच्चाएकाले आगामी लहरमा नयाँ भेरिएन्ट ओमिक्रोनले ठूलो मानवीय क्षति पुर्याउने सक्ने अनुमान गरिएको छ ।

भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको खतरा बढेको छ । नेपाल– भारत खुला सीमामा कोरोना परिक्षण नगर्ने हो भने नेपाल समेत संक्रमणको चपेटामा पर्ने देखिन्छ ।

यो पनि पढनुहोस

इरानमा समेत ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको छ ।

युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा समाचार छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ ।

इरानमा ६० प्रतिशत मानिसले कोरोनाविरुद्दको दुई डोज खोप लगाइसेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन्।