काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४८३ जनाको पीसीआर परीक्षणमा १५८ र २ हजार ५१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ६०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ४२ हजार २५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ ।
यो पनि पढनुहोस
अस्पतालमा उपचारका लागि आउने रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या बढेको छ। चिसो अध्याधिक बढेपछि अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढेको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोराले जानकारी दिइन्।
उपचारका लागि अस्पताल पुगेका बिरामी दान रावलले चार दिनदेखि रुघाखोकी र ज्वरोले आफू थलापरेको बताए। घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षण देखिएको उनको भनाइ छ।
सुरुमा सामान्य नै ठानेर घरेलु उपचारमा लागेपनि गाह्रो पारेपछि अस्पताल पुगेको रावलले बताए।
यस्ता खालका समस्या लिएर दैनिक ४०/५० जना बिरामी अस्पताल आउने अनमी बोहोराले जानकारी दिइन्। बालबालिका र बृद्धबृद्धामा यस्तो समस्या बढी देखिएको उनको भनाइ छ। बोहोराका अनुसार स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्ना समेत गरिएको छ।
यस्तै खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले गाउँपालिकाका सबै वडाका बस्तीमा रुघाखोकीका बिरामी संख्यामा बृद्धि भइरहेको बता। उनले यो चिसोको मौसममा रुघाखोकी र सिजनल फ्लु बढी हुने भएको कारण यसबाट जोगिनका लागि सबैले सावधानी अपनाउनु पर्ने बताए।
उनले यसका लागि पानी उमालेर मात्र पिउनु पर्ने, ताततातो झोलिलो पदार्थको सेवन गर्नुपर्ने, न्याना कपडा लगाउनु पर्ने र बालबालिका तथा बृद्धबृद्धालाई चिसोको समयमा घर बाहिर ननिस्कन सुझाव दिएका छन्।