Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्कुल खोले लगत्तै फैलियो कोरोना, १६ विद्यार्थीमा कोरोना

स्कुल खोले लगत्तै फैलियो कोरोना, १६ विद्यार्थीमा कोरोना

काठमाडौँ, मुम्बाईमा विद्यालय खोले लगत्तै कोरोना संक्रमण बढेको छ । मुम्बाईको एक स्कुलका विद्यार्थीहरुमा परिक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको समाचार आजतकमा छ ।

मुम्बाईको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार एक विद्यार्थीका बाबु केही दिन अघि कतारबाट फर्किएका र उनको बच्चाबाट कोरोना भाइरस स्कुल सम्म पुगेको बताएको छ ।

परिक्षण गर्दा बाबुकाे रिपोर्ट नेगेटिभ आएको थियो । तर उनका छोरामा कोरोना पोजेटिभ देखिएको थियो ।

ती बच्चाको सम्पर्कमा भएका अन्य विद्यार्थीहरुको परिक्षण गर्दा स्कुलका अन्य १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यो पनि पढ्नुहोस

भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ । वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो ।

वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय राजधानी क्षेत्र र त्यस वरपरको क्षेत्रमा अहिले प्रदुषणको मात्रा कम भएकाले अध्ययन अध्यापन कार्य सुरु गर्न शुक्रबार सिफारिस गरेको थियो । भौतिक उपस्थितिसहित अध्ययन अध्यापन कार्य सुरु भएपनि अनलाइनबाट हुने अध्ययन अध्यापन कार्यलाई समेत निरन्तरता दिइने अधिकारीहरुले बताएका छन् ।

विद्यालयका लागि घर बाहिर निस्कनु पर्दा प्रदुषणले बालबालिकालाई धेरै असर गर्ने भएकाले चिकित्सक र विज्ञहरुको सल्लाह र सुझावका आधारमा विद्यालय बन्द गरिएको थियो । विद्यालयहरु बन्द गर्दा विद्यालयका यातायातका साधनहरु पनि बन्द हुने भएकाले प्रदुषण न्युनिकरण गर्न समेत सहयोग पुग्ने उनीहरुले जनाएका थिए ।

विश्वमै धेरै प्रदुषण भएको शहरको सूचीमा पर्ने नयाँ दिल्लीमा प्रदुषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त भइरहेको छ । तर ठोस सुधार हुन भने सकेको छैन ।नयाँ दिल्लीमा पछिल्लो प्रदुषण गत तिहारदेखि सुरु भएको हो । तिहारमा धेरै पटका पट्काएपछि सुरु भएको प्रदुषणको असर अहिलेसम्म परेको हो ।