Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस बर्ष भारतले जित्यो मिस युनिभर्सको ताज !!

यस बर्ष भारतले जित्यो मिस युनिभर्सको ताज !!

काठमाडौँ : मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरी हरनाज सान्धुले जितेकी छन् । ७० औँ मिस युनिभर्समा भारतले २१ वर्षपछि ताज जितेकी हुन् ।

मोडलिङसँगै प्रशासनमा स्नातकोत्तर गरिरहेकी सान्धुले ताज पहिरिएपछि सबैलाई धन्यवाद दिएकी छन् । ‘म परमात्मा, मेरो बुबाआमा र मिस इन्डिया संगठनप्रति आभारी छु, जसले मेरो लागि प्रार्थना गर्नुभयो सबैलाई माया,’ उनले भनेकी छन् ।

यसअघि सन् २००० मा भारतीय अभिनेत्री लारा दत्ता यो ताज उचालेकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्वमिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिइन् ।

हरनाजले सन् २०२१ को अक्टोबरमा ‘मिस युनिभर्स इन्डिया’ को ताज जितेकी हुन् । सन् २०१७ मा टाइम्स फ्रेस फ्रेस फेस बैठकबाट यात्रा सुरु गरेकी उनले थुप्रै सुन्दरी प्रतियोगिता पनि जितिसकेकी छन् ।

यो पनि

अभिनेता निखिल उप्रेतीको विवाह र सम्बन्ध अन्त्यको खबर चर्चामा छ ।

उनले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध अन्त्य गरेको खबरसँगै दोस्री श्रीमती सञ्चिता लुइँटेलसँगको सम्बन्धमा समेत खटपट आएको चर्चा चलेको थियो । कोपिलाले समेत सञ्चिताको सन्तान लाई सहज बनाउन मन नहुँदा नहुँदै सम्बन्ध अन्त्य गरेको बताएकी छन् ।

तर यी सबै हल्लाहरूको जवाफ सञ्चिताले आफ्नो सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गरेर दिएकी छन् । उनले कसैको विवाह समारोहमा सरिक भएको पारिवारिक तस्बिर एक पछि अर्को गर्दै पोस्ट गरिरहेकी छन् ।

उनको यो पोस्टलाई समाचारमा आएको टिप्पणीको मौन जवाफको रूपमा मान्न सकिन्छ । साथै आशङ्का पनि उब्जिएको छ कि उनले बिग्रिएको सम्बन्धको चर्चालाई पर्दा लगाउन नयाँ फन्डा अपनाएकी त होइनन् ? भन्ने ।