Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अब नर्भिक हस्पिटलमा यी रोगको नि:शुल्क उपचार हुने

अब नर्भिक हस्पिटलमा यी रोगको नि:शुल्क उपचार हुने

काठमाडौँ : थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन्।

नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्।

पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाले डा. चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ।

डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन्।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ।

निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ।