Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त

काठमाडौं- नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार दुबै जना नागरिकको नमुना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ। उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

मन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो। ६६ र ७१ वर्षका दुई विदेशीमा ओमिक्रोन देखिएको थियो।

उनीहरु दुबै जना होटल क्वारेन्टिनमा छन्।

उनीहरु मात्र नभई उनीहरुको सम्पर्कमा आएका ७८ जनामा पनि कोरोना नेगेटिभ रिपोर्ट आएको डा पौडेलले जानकारी दिए।

मंसिर ३ गते नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट देखिएको थियो । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै एकजना विदेशी नागरिक र अर्का नेपाली नागरिकमा सो संक्रमण देखिएको जनाएको थियो ।

क्वारेन्टिनमा रहेका उनीहरु दुवैजना मंगलबार संक्रमणमुक्त भएका हुन् ।