Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं र ललितपुर ‘रेड जोन’मा

काठमाडौं र ललितपुर ‘रेड जोन’मा

काठमाडौं । नेपालका छवटा जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्य भएको छ । संक्रमित शून्य भएर ‘कोभिड फ्री’ हुनेमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यान छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी ५०० सम्म छ भने काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित क्रमशः ५९८ र ५५३ छन् ।

सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्लालाई संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम छ ।

नेपालमा अहिले संक्रमणदर १७.६ प्रतिशत र सक्रिय संक्रमित ६ हजार ३८६ छन् । कुल संक्रमितको संख्या आठ लाख २२ हजार ८३० पुगेको छ ।

सक्रिय संक्रमित सबैभन्दा धेरै वाग्मती प्रदेशमा दुई हजार ४७७ जना छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै एक हजार ६२६ सक्रिय संक्रमित छन् ।

त्यस्तै, होम आइसोलेसन र अस्पतालका विभिन्न उपचारकक्षमा गरी सक्रिय संक्रमितको संख्या प्रदेश नम्बर–१ मा ७७८, प्रदेश नम्बर–२ मा ६५५, गण्डकी प्रदेशमा एक हजार ७२, लुम्बिनी प्रदेशमा ९१७, कर्णाली प्रदेशमा १७४ र सुदूरपश्चिम प्रदेशमा ४६७ रहेको मन्त्रालयको तथ्यांक छ ।

यो पनि पढ़नुहोस

म्यानमारमा सेनाले भारतको उत्तरपूर्वी क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई म्यान्मारमा क्याम्प राख्ने अनुमति दिएको छ ।

ती विद्रोहीहरूले म्यान्मारमा सैन्य तालिम लिइरहेका छन् अनि चिनियाँ हतियारको बलमा मणिपुर र नागाल्यान्डमा हिंस्रक आक्रमण गराइरहेका छन् । भारतमा सक्रिय उग्रवादी संगठनहरूले म्यान्मार सेनाको गुनको पैंचो तिर्न म्यान्मारमा लोकतन्त्रसमर्थक मानिसहरूमाथि आक्रमण गरिरहेका छन् ।

भारतले म्यान्मारको सेनालाई सैन्य हतियारका साथै मानवीय सहायता पनि उपलब्ध गराइरहेको छ । तैपनि म्यान्मार सेनाले भारतको उत्तरपूर्वका उग्रवादीहरूलाई सहायता गरिरहेको छ । यसले भारतलाई ढाडमा चक्कु हानेको अनुभव भइरहेको छ ।

एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, उग्रवादी समूहहरूले नोभेम्बर १३ मा मणिपुरमा गरेको हिंस्रक आक्रमणले म्यान्मार र भारतबीचको सम्बन्धलाई पुनः बहसमा ल्याएको छ ।

उक्त आक्रमणमा असम राइफल्सका एक अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।

असम राइफल्समाथिको आक्रमण मणिपुरको पिपुल्स लिबरेसन आर्मी र मणिपुर नागा पिपुल्स फ्रन्टको उग्रवादीहरूले मिलेर गरेका थिए । यी दुवै गुटको क्याम्प म्यान्मारको सीमाभित्र छ । आक्रमणपछि उग्रवादीहरू म्यान्मार सीमातर्फ भागेका थिए ।

भारत र म्यान्मारबीच १६ सय किलोमिटर लामो सीमा छ । त्यहाँ अनेकौं डाँडाकाँडा र दुर्गम क्षेत्रहरू छन् । उग्रवादीहरूलाई भारतमा आक्रमण गरेर म्यान्मारतर्फ भाग्न सजिलो छ ।

नागाल्यान्ड, मणिपुर र असमका उग्रवादीहरू विगत कैयौं वर्षदेखि म्यान्मारको सगाइङ क्षेत्रमा बस्दै आएका छन् । उनीहरू भारतमा आक्रमण गरेर त्यतैतिर भाग्छन् । सन् २०१९ मा म्यान्मार सेनाले तागामा सफाइ अभियान चलाएर उग्रवादीहरूमाथि कारवाही गरेको थियो । तर उनीहरूलाई अहिले म्यान्मारले आश्रय दिएको छ ।