काठमाडौं, कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका कोभिड इन्चार्ज डा.प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो ।
उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।
यो पनि पढनुहोस
काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले ६९ लाख ५० हजार रूपैयाँसहित सोही पसलका मनेजेरलाई हिरासतमा लिएको छ ।
काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले हिरासतमा लिएको हो ।
उक्त पसलमा स्रोत नखुलेको रकम ओसारपसार तथा लुकाइराख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रूपैयाँ र ५ सय दरको २० लाख ५० हजार रूपैयाँ गरी उक्त रकम फेला पारेको दाबी प्रहरीले गरेको छ ।
उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुर पठाइएको छ ।
बिइङ ह्युमनले कपडा पसलका म्यानेजर पक्राउ परेपछि स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रस्ट्याएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नखुलेको भनिएको साढे ६९ लाख नगद जग्गा किन्नको लागि सहकारीबाट ऋण लिएको र पसलको व्यापारबाट आर्जित रकमलाई स्रोत नखुलेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको स्पष्ट पारेको छ ।
त्यसको स्पष्ट स्रोत खुलेको र आवश्यक कागजात र प्रमाणसहित कानुनी उपचार लिन लागिएको समेत उल्लेख गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले गत शुक्रबार दरबारमार्गको पसलबाट म्यानेजर हिरोसी खनाललाई रकमसहित नियन्त्रणमा लिएको थियो ।
‘यस संस्थालाई बदनाम गरी आफ्ना केही निजी स्वार्थपूर्ति गर्ने कार्यमा संलग्नहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीको लागि समेत संस्थाले आवश्यक कदम चाल्ने सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।