Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुखद खबर ! कोरोना संक्रमण बढ्दै, एकै दिन २० हजार संक्रमित

दुखद खबर ! कोरोना संक्रमण बढ्दै, एकै दिन २० हजार संक्रमित

काठमाडौं, टर्कीमा कोरोनाभाइरसको संक्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको संक्रमण बढ्दै गएको देखिएको छ ।

यहाँ सोमबार मात्र २० हजारजनामा यो संक्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ ।

यहाँ सोमबार मात्र यो संक्रमणका कारण १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणका कारण अहिलेसम्म ७८ हजारजनाभन्दा बढीको ज्यान गएको पाइएको छ ।

यो पनि पढ्नुहोस

अछामका स्थानीय तहका न्यायिक समितिमा उजुरीको संख्या बढ्न थालेका छन् । धेरैजसो मुद्दा तथा उजुरी मेलमिलापको माध्यमबाट फर्स्योट हुने भएकाले आमनागरिकको विश्वास र भरोसा बढेको साँफेबगर नगरपालिकाका न्यायिक समिति संयोजक विमलादेवी बुड्थापा बताउँछिन् ।

चार वर्षमा साँफे नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म ३३ वटा उजुरी परेको छ । न्यायिक समितिमा आएका उजुरीमध्ये अधिकांश घरेलु हिंसा सम्बन्धित छन् । आर्थिक वर्ष ०७४/०७५ मा ७ वटा, ०७५/०७६ मा ६ वटा उजुरी आएका थिए ।

अघिल्लो आर्थिक वर्षमा ६ वटा उजुरी आएकोमा गतआर्थिक वर्षमा १३ वटा उजुरी न्यायिक समितिमा उजुरी आएको थिए । ३३ वटा उजुरीमध्ये २७ वटा उजुरी फर्स्योट भएका छन् । बाँकी ६ वटा उजुरी फर्स्योट गर्ने बाँकी रहेका उनको भनाइ छ ।

विशेष गरी घरझगडा तथा साँधसिमाना, जग्गा विवादका गुनासा न्यायिक समितिमा आउने गरेको उनले बताए । हालसम्म नगरको न्यायिक समितिमा आलिधुरका १० वटा, घरेलु हिंसाका नौ, सम्बन्ध विच्छेदका एक, गालीबेइज्जतीका दुई, ज्याला मजदुरी नदिएका दुई, कुटपिटका दुई, श्रीमानले खान नदिएकोे दुई, आर्थिक लेनदेनका चारवटा मुद्दा आएको नगर उपप्रमुख बुड्थापाको भनाइ छ । सम्बन्ध विच्छेदको मुद्दालाई अदालत पठाएको उनले जानकारी दिइन् । कानुनी सहजकर्ताको स्थायी दरबन्दी नभएका कारण काम गर्न असहज भएको उनको गुनासो छ ।

मंगलसैन नगरपालिकाको न्यायिक समितिमा ३९ वटा उजुरी आएको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायले जानकारी दिइन्। ३९ मध्ये २७ वटा उजुरी फर्स्योट भएको छ भने १३ उजुरी बाँकी रहेको उनले बताइन् ।

नगरपालिकामा अर्काको जग्गा भोगचलनसम्बन्धी सात, गाली बेइज्जतीका २१, बालीबिगोका दुई, लेनदेनका तीन, ध्वनि प्रदूषणसम्बन्धी एक, संरचना निर्माणसम्बन्धी पाँचवटा उजुरी परेको उनले जानकारी दिइन् । पालिकाका पाँच स्थानमा मेलमिलाप केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने पालिकामा ४२ जना मेलमिलापकर्तालाई तालिम दिइएको नगर उपप्रमुख उपाध्यायले जानकारी दिइन् ।

पञ्चदेवल नगरपालिकामा १९ वटा उजुरी परेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा १० वटा र २०७६-७७ मा पाँचवटा उजुरी आएकामा सबै मिलमिलापको माध्यमबाट फर्स्योट भएका छन् । २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा मिलमिलापको माध्यमबाट फर्स्योट भएको छ । एउटा टुंग्याउन बाँकी छ ।

चौरपाटी गाउँपालिकामा १२ वटा उजुरी परेको गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा चारवटा, २०७६-७७ मा तीनवटा उजुरी आएकामा सबै मिलमिलापको माध्यमबाट फर्स्योट भएका छन् । गत आव २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा फर्स्योट भएको छ । एउटा फर्स्योट हुन बाँकी छ । यो आर्थिक वर्षमा एउटा उजुरी परेको र फर्स्योट हुन बाँकी रहेको न्यायिक समिति संयोजक कुँवरले जानकारी दिइन्नु । न्यायिक समितिमा आएका सबै उजुरी मेलमिलापमार्फत निरुपण गरिएको उनको भनाइ छ ।