Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओमिक्रोनको उच्च जोखिम छ, यी सात मुलुक घुम्न नजान चेतावानी

ओमिक्रोनको उच्च जोखिम छ, यी सात मुलुक घुम्न नजान चेतावानी

काठमाडौं, अमेरिकाले फ्रान्सलगायत अन्य ६ मुलकलाई कोरोना भाइरस नयाँ भेरियन्टका कारण यात्रा गर्न उच्च जोखिमको सूचीमा राखेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले फ्रान्स लगायत साइप्रस, एन्डोरा, जोर्डन, पोर्चुगल, तान्जानिया र लिकटेन्सटाइनलाई ओमिक्रोनको उच्च जोखिमको सुचीमा राखेको छ।

फ्रान्स विश्वकै सबैभन्दा बढी पर्यटक जाने मुलुक हो। केन्द्रले फ्रान्स, साइप्रस, एन्डोरा, जोर्डन, पोर्चुगल, तान्जानिया र लिकटेन्सटाइनलाई नयाँ भेरियन्टको उच्च जोखिम भन्दै लेबल ४ मा राखेको छ। केन्द्रमा टर्की, सिंगापुर, बारबाडोस, मलेसिया र केम्यान टापुलाई समेत उच्च जोखिम भन्दै लेबल ४ मा नै राखेको सीएनएनमा समाचार छ।

यो पनि पद्नुहोस

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडविरुद्धको नियमित खोप सेवा सुरु गरेको छ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाको मौखिक निर्देशनपछि टेकु अस्पतालले आइतबारबाट यो सेवा प्रारम्भ गरेको हो।अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार सर्वसाधारणका लागि हरेक दिन बिहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाइएको छ।

हाल अस्पतालमा एस्ट्राजेनेका र भेरोसेल खोप चलिरहेको छ। यी दुवै खोप १८ वर्षमाथिका उमेर समूहले लगाउन मिल्छ। सरकारले आगामी चैतसम्म लक्षित सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाउने घोषणा गरेको छ। पछिल्लो समय विभिन्न मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट देखा पर्न थालेपछि खोपलाई थप तिब्रता दिन थालेको छ।