Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखियो

अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखियो

काठमाडाैं।भारतमा अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखिएकाे छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्राेन देखिएकाे हाे । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्राेन भाईरसबाट संक्रमित हुनेकाे संख्या चार जना पुगेकाे छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले काेभिडकाे दुबै खाेप लगाएका थिए ।

मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वराे देखिएकाे थियाे । उनकाे मुम्बईस्थित काेभिड केयर सेन्टरमा उपचार भइरहेकाे छ ।उनकाे सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुकाे पनि काेभिड परीक्षण गरिएकाे छ। उनीहरु सबैकाे नेगेटिभ रिपाेर्ट आएकाे प्राप्त समाचारमा जनाइएकाे छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्राेन भेरयन्ट देखिएकाे थियाे ।

यो पनि पढ्नुहोस

केही दिन यता निरन्तर ओरालो लागिरहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज भने बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ बजे मापन गरिए अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

महाशाखाले आज काठमाडौंमा अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

काठमाडौंसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज घाम लागे पनि भोलि भने काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ।