Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२४ घण्टामा थपिए २२३ कोरोना संक्रमित, ३४७ निको

२४ घण्टामा थपिए २२३ कोरोना संक्रमित, ३४७ निको

काठमाडौं,पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको जनाएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ नमूना परीक्षणमध्ये २२३ पीसीआर र २३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार थप ३४७ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ ।

हाल मुलुकभर ६ हजार ९२१ सक्रिय संक्रमित छन् ।

यो पनि पढ्नुहोस

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएर कसैको पनि मृत्यु भएको छैन।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर भने थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै शुक्रबार काठमाडौँ उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा ५५, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।

शुक्रबार ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ६ हजार९२१ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ४०० पीसीआर तथा १ हजार ४३६ एन्टिजेन परीक्षण भएको छ।