Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण, १२१७ जनाकाे मृत्यु

एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण, १२१७ जनाकाे मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा सर्वाधिक कोरोना संक्रमित थपिने देशको शीर्ष स्थानमा संयुक्त राज्य अमेरिका छ । त्यहाँ यो अवधिमा १ लाख २३ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

वर्ल्डमिटर डट इन्फो​का अनुसार अमेरिकामा गत २४ घण्टामा १ हजार २१७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, २४ घण्टाको अवधिमा जर्मनीमा ७३ हजार ४ सय, बेलायतमा ५३ हजार ९ सय र फ्रान्समा ४८ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् ।

छिमेकी देश भारतमा २४ घण्टाको अवधिमा ३ हजार २ सय जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस

काठमाडौं -विश्वभर तहल्का मच्चाएको ओमिक्रोन भेरियन्टको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि भेटिएको छ ।

भारतमा भनिएको कोरोना भाइरसको नयाँ भेरियन्टले नेपालसम्म त्रास फैलाएको छ । टाईम्स अफ इण्डियाका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन भेरियन्टको कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार भारतको कर्नाटक राज्यका ६६ बर्र्षिय र ४६ बर्षिय गरी दुर्ई जनामा आज पहिलो पटक ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले विश्वकै लागि अत्यन्तै जोखिमपूर्ण भनेर पुष्टि गरेको ओमिक्रोन भेरियन्टको भाइरस भेटिएपछि भारतमा तनाव बढेको छ ।

बीबीसीले भारत सरकारले ओमिक्रोन भेरियन्टको कोरोना भाइरसबाट संक्रमित भएका दुई जनाको कन्ट्याक ट्रेसिङको क्रममा थप छ जनामा कोभिड–१९ भाइरस पुष्टि भएको र उनीहरुको जिन सिक्वेन्सिङ प्रक्रियामा रहेकोले ओमिक्रोन भेरियन्ट हो वा होइन भन्ने पुष्टि गर्न बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उता, हिन्दुस्तान टाईम्सले भने ओमिक्रोन भाइरसकको आशंकामा छ जनालाई आईसोलेशनमा राखिएको जनाएको छ ।

हालसम्म ओमिक्रोन भेरियन्टको कोरोना भाइरस विश्वका २९ मुलुकमा फैलिसकेको छ । दक्षिण अफ्रिकाबाट फैलिएको भाइरस उच्च शक्तिवान भएकोले सचेत अपनाउन विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोभिड–१९ का विरुद्धमा विकास गरिएको खोप समेत कम प्रभावकारी हुने भएपछि विश्वभर यसको आतंक फैलिएको छ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ भाइरसले आतंक मच्चाउन सक्ने भएकोले त्रास बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले हंगकंग र दक्षिण अफ्रिकासहित नौ देशबाट नेपाल आउन रोक लगाइएको छ ।