Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा फेला पर्यो कोरोनाको ओमिक्रोन भेरियन्ट, नेपालमा पनि सतर्कता अपनाउन चेतावनी

भारतमा फेला पर्यो कोरोनाको ओमिक्रोन भेरियन्ट, नेपालमा पनि सतर्कता अपनाउन चेतावनी

काठमाडौं, छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताए ।

मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको तथा अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ ।

सहसचिव अग्रवालका अनुसार जेनोम सिक्वेन्सिङद्वारा पत्ता लगाइएको हो । संक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएको उनले बताए ।

सबैभन्दा पहिले दक्षिण अफ्रिकामा यो भेरिएन्टको कोरोना पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरेको छ ।

यो पनि पढ्नुहोस

सहकारीका सुरक्षागार्ड पूर्णबहादुर खड्काको हत्या भएको एक महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गत कार्तिक १३ गते दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको रहस्यमय हत्या भएको हो।

एक महिनाको कसरतपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्काको हत्या आरोपमा दुइ जनालाई पक्राउ गरेको हो।

सिआइबीको टोलीले दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको सिआइबीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विक्रम र सुमन दुवैले काठमाडौंबाटै योजना बनाएपछि दोलखा पुगेर लुटपाटसँगै सुरक्षागार्डको हत्या गरेका हुन्। डिआइजी सिंहका अनुसार दुवैलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो।

गत कार्तिक ११ गते सदाझै सहकारीका कर्मचारी कार्यलय पुग्दा सहकारीको बाहिरी गेट बन्द अवस्थामा थियो तर भित्र छिर्दा सबै सामानहरु छरपस्ट अवस्थामा थिए। सँगसँगै सधैँ समयमा डिउटी आउने सहकारीका सुरक्षा गार्ड पनि उपस्थित थिएनन्। रकम चेक गर्दा सहकारीमा जम्मा हुन आएको बचतकर्ताको एक लाख ८५ हजार ७ सय ८० रुपैयाँ रकम पनि गायब थियो।

सहकारीको सुरक्षागार्ड बेपत्ता हुनु र रकम गायब हुनुले सहकारीका सञ्चालक र कर्मचारीबीच त्रासको अवस्था सिर्जना भयो। लगत्तै उनीहरुले घटनाबारे प्रहरीलाई खबर गरेका थिए।

लगत्तै प्रहरी सुरक्षागार्डको खोजीमा जुटेको थियो। बेपत्ता भएको दुइ दिनपछि खड्काको शव दोलखास्थित जुगुको जंगलमा निर्मम हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनको हात र खुट्टा दुवैतिर डोरीले बाँधिएको थियो, अनि मुख खादाले बाँधिएको अवस्थामा।

घटना रहस्मय देखिएपछि यसको अनुसन्धानमा केन्द्रबाट सिआइबीको टोली नै खटिएको थियो। सोही अनुसार प्रहरीले बिहिबार सुरक्षागार्डको लुटपाटपछि हत्या गरेको आरोपमा दुइजनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट सुरक्षागार्डको लुटिएको फोन र बाँकी एक लाख ३८ हजार २३५ रुपैयाँ नगद पनि बरामद गरेको छ। सँगसँगै थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको पनि सिआइबीले जनाएको छ।