Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आतंककारीको हमलामा परि २८ सैनिक र ४ जना सर्बसाधारणको गयो ज्यान !!

आतंककारीको हमलामा परि २८ सैनिक र ४ जना सर्बसाधारणको गयो ज्यान !!

काठमाडौँ : बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।

यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो ।

बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए ।

आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन् ।

उनका अनुसार सो क्षेत्रमा आतंककारीहरुले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन् ।