काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ४२ हजार ६ सय ९१ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ४० लाख १० हजार ८ सय ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ४ सय ४८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ लाख १४ हजार ९ सय ९३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार ३ सय ८६ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २२ करोड ९६ लाख ६१ हजार ५ सय १२ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ८३ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ७९ लाख ११ हजार ४ सय ४८ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ७९ लाख १२ हजार६ सय ८७ कोरोना संक्रमित निको भइसकेका छन् ।