Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आखिर के भएको थियो अमेरिकाको कन्सर्टमा जहाँ गयो ८ जनाले गुमाए ज्यान, यस्तो छ खुलासा !!(भिडियो सहित )

आखिर के भएको थियो अमेरिकाको कन्सर्टमा जहाँ गयो ८ जनाले गुमाए ज्यान, यस्तो छ खुलासा !!(भिडियो सहित )

काठमाडौँ : अमेरिकाको टेक्सासमा भएको एक साङ्गितिक महोत्सवमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। उक्त घटनामा परी कैयौँ घाइते भएका छन्। ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलका क्रममा भिड मञ्चको अगाडि जान खोज्दा भागदौड मच्चिएको थियो।

भागाभाग गर्ने क्रममा ११ जनालाई हृदयघात भएको थियो। तीमध्ये ८ जनाको मृत्यु भएको टेक्सासका अधिकारीले बताएका छन्। भागाभागमा परी झन्डै ३०० जना घाइते भएको बताइएको छ।

महोत्सवमा करिब ५० हजार मानिसको सहभागी थिए। घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो।

https://laligurash.com/wp-admin/media-upload.php?post_id=47108&type=image&TB_iframe=1

'मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले,' ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताए।

उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका थिए।

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरेका थिए। महोत्सव अन्तर्गत शनिबार हुने कार्यक्रम रद्द गरिएको छ।

https://twitter.com/i/status/1457001681376452608

अमेरिकामा कन्सर्टमा किचिएर ८ जनाको मृत्यु भएको छ । शनिबार साँझ हस्टनमा एस्ट्रोवल्ड फेस्टिभलमा आयोजित कन्सर्टमा घटना भएको हो ।

ठूलो भीड स्टेजतर्फ बढ्दा घटना भएको जनाइएको छ । भीडमा किचिएर मानिसहरु बेहोस हुने र ढल्ने हुनथालेको बुझिएको छ । घटनामा ३ सय भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ ।

भीडमा कतिपयको हृदयघात भएको बुझिएको छ । कन्सर्टमा ५० हजार मानिस सहभागी थिए ।

https://twitter.com/i/status/1456883744745279491

हाउस्टनका अग्नि नियन्त्रण विभागका प्रमुख साम पेनाका अनुसार ठेलमठेलले मानिसहरु आत्तिएका थिए । जसले दर्शकबीच झगडाको सुरुवात गरेको थियो केही बेहोस बनेका थिए । एस्ट्रोवर्ल्डका आयोजकहरूले कन्सर्टमा स्वास्थ्यकर्मीहरूको टोली पनि राखेको थियो तर उनीहरू निरीह बनेका थिए ।

केही मानिसहरूले सहयोगका लागि अपिल गरिरहँदा अन्य भने पीडितको उद्धार गर्न पुगेका एम्बुलेन्समाथि चढेर नाचिरहे । उता, चर्को स्वरमा सङ्गीत बजिरह्यो । दर्शकहरूको एक समूहले गीत रोक्न आग्रह गरे पनि र्‍यापर स्टेजमा गीत गाइरहेका थिए । हाउस्टन प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।