Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतको देहरादुनमा बोलेरो दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै ज्यान गएको छ !!

भारतको देहरादुनमा बोलेरो दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै ज्यान गएको छ !!

काठमाडौँ : नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

आइतबार बिहान देहरादुनस्थित चकराता-त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

बोलेरो गाडीमा १५ जना सवार थिए। जसमध्ये दुई जनाको उद्धार गरिएको छ। गम्भीर अवस्थामा रहेका उनीहरूको देहरादुन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गाडी चकराताको बायला गाउँबाट विकास नगर जाँदै थियो। गाउँबाट हिँडेको केही समयमै गाडी अनियन्त्रित भई सडकबाट खसेको थियो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिएका छन्।

जिल्ला अधिकारी आर राजेश कुमारले गाडीमा ओभरलोड भएकाले आइतबारको दुर्घटना भएको बताए।

'त्यो लोकल गाडी हो र ओभरलोडका कारण दुर्घटना भएको देखिन्छ। प्रहरी अधिकारी तथा उद्दारकर्ताहरू खोजतलासको लागि घटनास्थल पुगेका छन्,' उनले भने।