काठमाडौं : कुवेतको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेतको M.H. alshaya co W.L.L. कम्पनीले ३३७ जना पुरुष र १२३ जना महिला गरी जम्मा ४६० जना नेपाली महिला पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित ४८ हजार माथिदेखि ६९ हजार माथि पाउनेछन् । इच्छुक कामदारले देवान कन्सल्ट्यान्ट्स प्रालिको कार्यालय बत्तिसपुतली गौशाला काठमाडौंमा कार्तिक १९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
यो पनि
राष्ट्रपति विद्यादेवी भण्डारी बुद्ध जन्मस्थल लुम्बिनी आएकी छन्। सोमबार हेलिकोप्टरमार्फत उनी लुम्बिनी आएकी हुन्। लुम्बिनीमा नेपाल परम्परागत बौद्ध धर्म संघले जनस्तरबाट सहयोग रकम उठाएर निर्माण गरेको नेपाल बज्रयान महाविहार उद्घाटन गर्न राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्।
उनले यहाँ आएर बज्रयान विहार पुजाअर्चनासमेत गरेकी छन्। परम्परागत तथा बौद्ध कला–संस्कृति झल्कने नेपाली विहार यहाँ निर्माण गरिएको छ। उनले केही समयमा उक्त विहार उद्घाटन गर्ने छिन्।
विहार उद्घाटनपछि राष्ट्रपति भण्डारी मायादेवी मन्दिर दर्शन र प्रार्थना गर्ने कार्यक्रम तय भएको छ। उनले लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभा हल एवं बौद्ध ध्यान केन्द्रको अवलोकनसमेत गर्ने छिन्। यसपछि भण्डारीले लुम्बिनी विकास गुरुयोजनाको प्रगतिबारे जानकारी लिने जनाइएको छ।
नेपाल समय
लुम्बिनीपछि राष्ट्रपति भण्डारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएर ‘ह्वाईट जेड’ धातुले बनेको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम छ। राष्ट्रपति लुम्बिनीमा आएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
राष्ट्रपति भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्रीहरू, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेशसभा सदस्यहरू, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रदेश सरकारका पूर्व पर्यटन मन्त्री लीला गिरी, कोषका सदस्यसचिव सानुराजा शाक्य, विकास कोषका सदस्यहरूलगायतले स्वागत गरेका थिए।