Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चीनबाट १० लाख डोज भेरोसेल खोप आईपुग्यो नेपाल !!

चीनबाट १० लाख डोज भेरोसेल खोप आईपुग्यो नेपाल !!

काठमाडौँ : बुधबार चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप बिहान नेपाल आइपुगेको हो।

चाइना साउदर्न विमानको कार्गो फ्लाइट खोप लिएर पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

सरकारले कोभ्याक्ससँग कस्ट-सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।