काठमाडौं : विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।वर्ल्डोमिटर्सको पछिल्लो विवरणअनुसार ४ लाख २३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २४ करोड ५२ लाख ५८ हजार ५ सय ६८ पुगेको छ ।
जसअनुसार सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ३९९, बेलायतमा ४० हजार ९५४, रुसमा ३६ हजार ४४६, टर्कीमा २९ हजार ६४३, भारतमा १३ हजार ५०९ र ब्राजिलमा १३ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ ।यही अवधिमा ३ लाख ७९ हजार ६०१ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ९५ हजार ३४, टर्कीमा ३१ हजार ४६७, रुसमा २६ हजार ९७३, बेलायतमा २६ हजार ३१७, ब्राजिलमा २१ हजार ४५४ र भारतमा १४ हजार ४९ जना संक्रमणमुत्त भएका छन् ।
गत २४ घण्टामा ७ हजार ४८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ४५६, रुसमा एक हजार १०६, भारतमा ५८४, ब्राजिलमा ४०९, बेलायतमा २६३ र टर्कीमा २१५जना रहेका छन् ।यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ५२ लाख ५५ हजार ९७६ पुगेको छ । तीमध्ये २२ करोड २३ लाख २९ हजार ४५ जना निको भइसकेका छन् भने ४९ लाख ७८ हजार १९८ जनाले ज्यान गुमाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ५ सय ३५ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ लाख ७८ हजार २ सय ५१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ३ सय ७ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २२ करोड २३ लाख ३५ हजार ७ सय ५१ कोरोना संक्रमित निको भइसकेका छन् ।