Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाको खोप अब ५ बर्षको बालबालिकालाई पनि !!

कोरोनाको खोप अब ५ बर्षको बालबालिकालाई पनि !!

काठमाडौँ : विज्ञहरुले पाँच वर्षमाथिका बालबालिकालाई कोभिड -१९ विरुद्धको फाइजर खोप लगाउन सिफारिस गरेका छन्। अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए) का विज्ञहरुले मंगलबार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर/बायोएनटेक खोप दिनुपर्ने भन्दै सिफारिस गरेका हुन्। अब बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको स्वीकृति आवश्यक छ । २ नोभेम्बरसम्ममा यस विषयमा पनि निर्णय आउने विश्वास गरिएको छ । २ नोभेम्बरमा स्वीकृति पाएमा त्यसको भोलिपल्टदेखि बालबालिकामा खोप सुरु गरिनेछ ।

अमेरिकामा यसअघिदेखि नै ५–१२ वर्षका बालबालिकालाई खोप दिइरहेको छ । सेप्टेम्बरमा कम्पनीले परीक्षणबाट बच्चाका लागि खोप सुरक्षित रहेको पत्ता लागेको उल्लेख गरेको थियो । फाइजरको खोपलाई १२ वर्षमाथिका किशोर किशोरीलाई लगाउन यसअघि नै मान्यता प्राप्त भइसकेको छ ।

सोमबार मोडेर्नाले पनि आफ्नो खोप बालबालिकामा एन्टीबडी विकसित गर्न सक्षम रहेको र परीक्षणको तथ्यांक नियामक निकायमा प्रस्तुत गरिने जनाएको थियो । विज्ञहरुले खोपको सिफारिस दिएसँगै चाडै नै पाँच वर्षमाथिका बालबालिकाले कोभिडविरुद्धको खोप फाइजर लगाउने बाटो खुलेको छ। सो खोपको अनुमति केहि साताभित्रै दिइने बताइएको छ।

गएको सेप्टेम्बरमा खोप निर्माता कम्पनीले गरेको परीक्षणमा सो उमेर समूहका बालबालिका लागि सो खोप सुरक्षित रहेको देखाएको थियो। सो खोपले अन्य स्वास्थ्य समस्या निम्त्याएमा आफुहरु जिम्मेवार रहने प्रतिबद्धता विज्ञहरुले गरेका छन्।

अमेरिकाले यसअघि नै १२ वर्ष उमेरभन्दा माथिका बालबालिकालाई कोभिडविरुद्धको खोप दिन थालिसकेको छ। ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले फाइजर खोप लगाउने अनुमति पाएपछि अमेरिकाका करिब २ करोड ८० लाख बालबालिका लाभान्वित हुने बताइएको छ।