Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चलचित्र पत्रकार संघ नेपालको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न

चलचित्र पत्रकार संघ नेपालको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न

काठमाडौँ। चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ । बिहीवारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी थिए ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ। । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेलेको बताए । अध्यक्ष दाहालले सहभागी मध्ये एक जना उत्कृस्ट फोटो खिचेर पठाउने एक जनालाई बोर्डले बार्षिक उत्सबको दिन प्रदान गरिने पुरस्कारबाट पुरस्कृत गरिने घोषणा गरेका छन्।

संघले प्रशिक्षार्थि मध्येबाट उत्कृस्ट फोटो खिच्ने मध्येबाट एक जनालाई लेन्स पुरस्कार दिने घोषणा गरिएको छ। कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिए । फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बनेको चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले बताए । यो कार्यक्रमको संयोजन संघका संगठन उपाध्यक्ष कुबेर डंगोलले गरेका थिए। संघले आगामी दिनमा लेखन बृद्दी र अन्य बिषयमा कार्यशाला गर्दै जाने संघले घोषणा गरेको छ।