Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एका बिहानै टिक टकको भिडियो बनाउन लागेका एक युवाको मृत्यु,मोबाइल सहित तालमा खसे

एका बिहानै टिक टकको भिडियो बनाउन लागेका एक युवाको मृत्यु,मोबाइल सहित तालमा खसे

पछिल्लो समय टिकटक निकै लोकप्रिय भैरहेको छ र टिकटकमा झुम्मिनेहरुको संख्या बढिरहेको छ ।

तर टिकटकको लत बढेसँगै यसले पार्ने समस्याहरुमा पनि बढोत्तरी भैरहेको छ । टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ ।

घटना भारतको हो । टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको छ । टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको हो ।

बुधबार हैदरादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो ।

नरसिंह नाम गरेका ती युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए ।

उनले तालको छेउँमा उभिएर अभिनय गरिरहेका थिए भने उनका साथीले भिडियो खिचिरहेका थिए । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।

उनी पौडी खेल्न नजान्ने भएको हुँदा बाहिर निस्किन नसकेको र उनको मृत्यु भएको समाचारमा उल्लेख छ । बिहिबार मात्र प्रहरीले उनको लास तालबाट निकालेको थियो । एजेन्सीको सहयोगमा