Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेट

तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेट

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि समितिले समय निर्धारण गरेको हो ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

गाई, गोरु र म्हः पूजा भने कात्तिक ३० गते परेको छ । भाइटीकाकै दिन यस वर्ष नेपाल सम्बत अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।