Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल एयरलाइन्सले मलेसियाबाट शनिबार २४३ जना श्रमिक बोकेर फर्कियो स्वदेश,१२ जना एयरपोर्टमै रोकिए।

नेपाल एयरलाइन्सले मलेसियाबाट शनिबार २४३ जना श्रमिक बोकेर फर्कियो स्वदेश,१२ जना एयरपोर्टमै रोकिए।

मलेशिया मल्लाका, कोभिड-१९ कोरोना भाइरसले गर्दा अहिले धेरैलाई अप्ठ्यारोमा पारेको छ यस्तै रोजगारका लागि नेपाली कामदार विभिन्न देशमा पुगेका छन् भने कोभिड-१९ फैलिएको कारण नेपाली श्रमिक अलपत्र परेका छन्।

सोही समस्यालाई ध्यानमा राख्दै नेपाल सरकारले अलपत्र परेका आफ्ना नेपाली नागरिकलाई स्वदेश फर्काउने वातावरण मिलाउदै अहिले धमाधम फर्काइरहेको छ मलेशियामा पनि धेरै नेपाली श्रमिक अप्ठ्यारोमा परेपछि उद्धार भैरहेको छ।

पहिलो उडान मलेशियाबाट जुन १८ तारिख हिमालय एयरलाइन्स द्वारा १ सय ५२ जनाका लागि तयारी भएका थियो भने केही कागजात अपुगका कारण १ सय १७ जनाले मात्रै स्वदेश फर्किन पाएका थिए भने अन्य रोकिएका थिए सनिवार जुन २० तारीख पनि दोस्रो चार्टर उडान भएको छ नेपाल एयरलाइन्स मार्फत उक्त उडानमा पनि २सय ५५ जनाले टिकट खरिद गरेका थिए भने २सय ४३ जनामात्रै स्वदेश फर्किएका छन् ।

अन्य चाहिने जति अध्यागमन बिभागले तोकेजती कागजात पुरानभएका कारण ९ जना,,र ३ जना एयरपोर्ट नपुगेको नेपाली दूतावास मलेशियाले बताएको छ।