काठमाण्डौ, ८ जेठ
बिश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै लियो क्लब अफ हेमजाले अनलाइन माध्यमबाट बिहीबार निर्वाचन सम्पन्न गरेको छ ।
आलाइन माध्यमबाट भएको निर्वाचनले लियो बिजय त्रिपाठीको अध्यक्षतामा बर्ष २०२०।२१को लागि नयाँ कार्य समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा लियो सबिना तिमिल्सिना, दितिय उपाध्यक्षमा लियो मञ्जुल के.सी, तृतिय उपाध्यक्षमा लियो बिपिन पौडेल, सचिबमा लियो निराजन अधिकारी, कोषाध्यक्षमा लियो अमृता थापा, सहसचिबमा लियो बिजया त्रिपाठी र सहकोषाध्यक्षमा लियो मनोज त्रिपाठी चयन भएका छन ।
क्लबको पहिलो बैठकबाट अन्य पदहरुको पदपुति गर्ने क्लबका सचिब अधिकारीले बताए । २०१५ मा स्थापना भइ क्लबले समग्र पोखरा संगै छिमेकी गाउँपालिकामा सामाजिक एंव नेतृत्व बिकास सम्बन्धी क्रियाकलाप गर्दै आएको छ । नव निर्वाचित कार्य समितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिदै बर्ष २०१९।२० का अध्यक्ष बिकास त्रिपाठीले क्लबले आगामि दिनमा सामाजिक मात्र नभइ सिर्जनात्मक तथा रचनात्मक क्षेत्रमा कार्य गर्न सफल रहने बिश्वास ब्यक्त गरे ।