Shares
Shares
८ जेठ, काठमाडौं । नेपालमा कोभिड-१९ को महामारी सुरु नहुँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को क्षमतामा प्रश्न उठेको थियो । धेरै जनस्वास्थ्य विज्ञहरूले देशमा महामारी फैलियो भने एनपीएचएलको ल्याबको क्षमताले नधान्ने बताएका थिए ।
देशमा संक्रमितहरू थपिन थालेपछि सरकारलाई ल्याब विस्तार गर्न चौतर्फी दबाब बढ्यो । त्यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला क्षेत्रमा काम गरिरहेका केही प्रयोगशाला विज्ञ र वैज्ञानिकहरूलाई सहभागी गराएर कोभिड-१९ ल्याब व्यवस्थापन समिति गठन गरी ल्याब सेटअप गराउने जिम्मा दियो ।उनीहरूले जिम्मा पाएको एक महिनाभित्रै देशभरि १६ वटा कोभिड-१९ परीक्षण गर्ने ल्याब सञ्चालनमा आए । अहिले देशभरिका १९ स्थानबाट कोरोना भाइरसको पीसीआर परीक्षण हुन थालेको छ । बिहीबार थप एक स्थानमा ल्याब सञ्चालन हुने र देशभरिका २० स्थानबाट काेभिडकाे परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।सुरूमा स्वाब संकलन गरेर हङकङ पठाउनुपर्ने स्थिति थियो । एक महिनामै यति धेरै ल्याब निर्माण गरेर सञ्चालन गर्न कसरी सम्भव भयो ?
समग्र प्रयोगशालाको क्षेत्रमा भएका कामबारे ल्याब सेटअप गर्ने टिमका सदयस्यहरू पुष्पराज खनाल, महेन्द्र भट्ट, जेनेटिक वैज्ञानिक बलराम गौतम र गोविन्द अकेलासँग अनलाइनखबरले संयुक्त कुराकानी गरेको छ :एउटा मात्र ल्याबमा भर पर्नुपर्ने अवस्थामा रहिरहेको बेला एक महिनामै देशभर १६ वटा ल्याब सञ्चालनमा ल्याउन कसरी सम्भव भयो ?
नेपालमा पनि कोभिडको महामारी फैलिने सम्भावना बढ्दै गएपछि टेस्टिङको कुरा आयो। तर, कोभिड टेस्ट गर्ने ल्याब त काठमाडौंमा एनपीएचएल मात्र थियो । देशभरको स्वाब काठमाडौंमा ल्याएर जाँच्दा समय, जनशक्ति र स्रोत बढी लाग्थ्यो । त्यो व्यवहारिक हुँदैन थियो । हामी वर्षौंदेखि ल्याब क्षेत्रमा काम गरिरहेका थियौं । हामी देशभर गर्न सक्छौं भन्नेमा ढुक्क थियौं । सोही कारण हामीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्यौं । उहाँ कन्भिन्स हुनुभयो ।आपतकालीन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले एउटा कमिटीमा कुरा राख्नुभयो। हामी त नेपाल सरकारको आधिकारिक संस्था होइनौं । त्यो काम एनपीएचएलले गर्नुपर्थ्यो।
त्यसपछि हामीसँग समन्वय गर्न एनपीएचएलकी प्रमुख डाक्टर रुना झालाई मन्त्रालयले तुरुन्त बोलायो। डाक्टर लोहनीले तुरुन्तै कोभिड-१९ एडभाइजरी कमिटी गठन गरे। मिटिङ बस्यो। हामीले ल्याब कसरी बनाउने भनेर तुरुन्तै एउटा डिजाइन गर्यौं।ल्याबको संख्या देशभर विस्तार गर्ने र कोभिड भयावह भयो भने सबैलाई जाँच गर्न आह्वान गर्ने र प्रोटोकल बनाउने त्यो छलफलको डिजाइन थियो। डिजाइन गर्नासाथ हामी लगभग ४०/४५ जना ल्याब कसरी बनाउने भन्ने अध्ययनमा जुट्यौं। सम्बन्धित विज्ञहरूको राय मानेर मुलुकभरि ल्याब बनाउन जुट्ने कोर टिम बनाउन थाल्यौं।
हाम्रो अध्ययनले देशभर कहाँकहाँ ल्याब छ, के-के मेसिन छ, के-के सामग्री आवश्यक पर्छ ? भनेर अध्ययन गर्यौं। त्यसैगरी, यस्तै आरएनए भाइरससम्बन्धी काम गरेको एक्सपर्टहरूलाई सम्पर्क गर्यौं। त्यसैगरी लोकल ल्याबमा काम गरेका मानिसलाई पनि सम्पर्क गरेर ट्रेण्ड गर्ने योजना बनायौं। किनकि हामीले ल्याब सेट गरेपछि उहाँहरूले नै काम गर्नुप’र्थ्यो।म पुन: दोहोर्याउँछु, मानिसको स्याम्पलमा काम गरेको एक्सपर्ट जस्तो कि स्याम्पल कलेक्सन गर्दा कसरी बोल्ने, कसरी मास्क लगाउने, नाक र मुख कसरी खोल्ने ? भन्ने कुरा एकदम टेक्निकल हुन्छ। स्वाब झिकेपछि प्रोसेसिङ गर्नुपर्छ र प्रोसेसिङ गरेपछि मेसिनमा हाल्नुपर्छ। मेसिनको रिपोर्ट पनि ‘रिड’ गरेर रिपोर्ट दिनुपर्छ।
एउटा मात्र पाटोमा एक्सपर्ट भएर हुन्न । सबै कुरामा एक्सपर्ट हुनुपर्छ। स्याम्पल कलेक्सन गर्न राजी गराउनेदेखि मेसिनमा हालेर रिपोर्ट दिनसक्ने जनशक्ति चाहिन्छ। ल्याब सेटअप गर्दै हामीले यस्तै जनशक्ति ट्रेन्ड पनि गर्यौं।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209