Shares
Shares
यति खेर जान्ने सुन्ने हामी जनता नै देखियौँ । प्रत्यक दिन् जरुरी सामान किन्न जाने हामी सर्वसाधारण जनताको जरुरी काम र जरुरी सामान लगभग थाहा भो । चुरोट , गुट्खा, बियर बिहान बिहान भेराइटी भेराइटिका तरकारी ,दुध ,अन्डा ,मासु । ए हजुर ! हरेक दिन स्वाद फेरी फेरी तरकारी किन्न केही दिन नगए नि हुन्न ? छाकै पिच्छे फरक फरक खानै पर्ने ? घरमा आएको एक थोक भएको एक थोक तरकारीमा तङ्ग्रङै झोल हालेर खाँु तर बाहिर नजाँउ । बाँच्नु भएछ भने दिनदिनै खसिको मासुको पक्कु, लोकल कुखुराको मासु रातो झोल , सात पत्रे बँदेल टिम्बुरको छोपसँग चोपेर माछा फ्राइ गरेर गोलभेडाको अचार बास्मती चामल अकबरे खुर्सानी चोप्दै सात थाल थपी थपी खानु होला तर अहिलेलाई जे छ त्यही खाँउ बाहीर नजाँउ बिन्ती !! यो कुरा पढेर तपाँइको मुखमा पानी आइसक्यो होला , यो मैले भनेको हैन यो भनाइ सबैका प्यारो आदरनिय दाई रवि लामिछनेले भनेका हुन। सेम टु यु रवि दाई अनी सेम अन यु पनि ।

सबैका हाइहाइका पात्र सबैका अनुकरणिय पात्रले काँचको पर्दाभित्र यो भाषण फलाकिरहँदा यो कुरा धेरैलाई चित्त बुझ्यो र् सामाजिक सन्जालमा भाईरल नै भयो करिब् करिब् एक महिना अघि। सबैले लकडाउनको पालना गरे शायद रवि लामिछानेले भने पछी झन जनताले कडाइका साथ पालना गरे होलान । जे भए पनि नेपालीले समग्रमा लकडाउन राम्ररी नै पालना गरेकै हो । रवि लामिछानेले त्यो भाषण फलाक्दा नेपाल कोरोना रोगको हिसाबले त्यती जटिल स्थितिमा थिएन जती जटिल स्थिती अहिले बिगत केही दिनदेखी भएको छ । यस्तो अवस्थामा सतर्कता एकदम जरुरी छ् । उन्को भाषणको आशय पनि त्यही हो कि सामाजिक दुरी कायम गरौँ । अहिले झन स्थिती जटिल बन्दै गएको छ् यस्तो बेलामा सामाजिक दुरी एकदमा नै आवश्यक छ् चाहे रोगी तपाँई छेउ आएको होस् या त नआएको होस् ।
तर उनै रवि लामिछाने जो कोरोनाबाट बाँच्न यसो गरौँ उसो गरौँ भनेर जनतालाई उपदेश दिने व्यक्तिले उनैले भनेका कुरा पालना गरेका छन त ? बिल्कुल छैनन । किन भने नियम कानुन भनेका त सानालाई मात्रै हो नि ठुलालाई हैन नि त्यस्तै लकडाउन पनि सर्वसाधारणलाई मात्रै हो उनीहरुलाई हैन। रवि लामिछाने नेपालका सेलिब्रेटी कलाकारहरुसँग रात्री भोजमा सामेल भएको भिडियो जो बाहिरिएको छ् यो पक्कै भाईरल हुने छ् र हुनै पर्छ । उसलाई लकडाउन पालना गरेन भनेर कारबाही गर्नु पर्छ भन्न खोजेको हैन भन्ने हैसियत शायद उनका पुच्छरहरुले दिँदैन पनि । तर सामान्य मानिसले कारबाही भोगिरहेका छन भने उन्ले किन नभोग्ने ? उनिमा नैतीकता अनी मानवता छ भने त उन्ले सोच्नु पर्दैन र ? जनतालाई पूर्ण लकडाउन पालना गर भन्ने अनी आफु नगर्ने यो कस्तो नैतीकता हो उन्को ? जनता औषधी किन्न जाँदा समेत प्रहरीको लौरो र बुटको सामना गर्नु पर्ने अनी उनीहरुले जे गर्दा पनि हुने ? हाल बाहिरिएको भिडियो अनुसार उक्त भोजमा रवि लामिछाने ,उनका श्रीमती निकिता पौडेल , दिपकराज गिरी , दिपाश्री निरौला , नायिका पूजा शर्मा , किरण केशी लगायतका ११ जनाको जम्बो टोली रहेको छ् ? उनी जस्ता मान्छे बाट जनताले अब के सिक्ने । उस्को भाषण पत्याउने कि उनको व्यवहार पत्याउने ।
बजारमा जो हल्ला छ् अर्थात सामाजिक सन्जालमा जो हल्ला छ् उनका अनुयायीहरुका अनुसार उनी त यो देशको न्याय् हो प्रशासन प्रहरी हो कानुन हो भावी प्रधानमन्त्री नै हो । यस्तो कठिन् परिस्थितीमा उनको यस्तो व्यवहारबाट के अपेक्षा गर्ने हो र ?
भावी प्रधानमन्त्रीज्यु ओ भावी प्रधानमन्त्री ज्यु रोक्नुस् तपाँइको मोजमस्ती ,बोलेको पुरा गर्नुस् , जनतालाई सिकाएको कुरा पालना गर्नुस् कोरोनाले कसैलाई छोड्दैन बाँच्नु भएछ भने दिनदिनै खसिको मासुको पक्कु, लोकल कुखुराको मासुको रातो झोल , सात पत्रे बँदेल टिम्बुरको छोपसँग चोपेर माछा फ्राइ गरेर गोलभेडाको अचार बास्मती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपी थपी खानु होला तर अहिलेलाई जे छ त्यही खाँउ बाहीर नजाँउ बिन्ती ! घरमै बस्नुस् । तपाँएे जस्तो मान्छेलाई कानुन नलागेनी कोरोना त लाग्न सक्छ नि यस्ले कसैलाई छोड्दैन । सतर्कता अपनाउनुस् सामाजिक दुरी कायम गर्नुस् । तपाँइका आसेपासेहरुलाई पनि सम्झाउनुस् बाँचिएछ भने भोज पछी खाँुला ''दाइ कहाँको दमौली बजारको''गीत टिकटकमा पछीसम्मै रहन्छ पछीनै टिकटक बनाँुला पछी नाचगान गरौला । तपाँइलाई मात्र कोरोना नलाग्ने हैन । तर तपाँइहरुको रहनसहन , चर्तिकला ,भोज भत्तेर देख्दा यस्तो लाग्छ मानौ कोरोना आँफैले फोन गरेर भन्यो कि म रवि लामिछाने र उस्को आसेपासेहरुकहाँ आँुदिन ।
यो लेख शेरफ लामा द्वारा लिखित हो
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209