Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली भूमि अतिक्रमणको बिषयमा एकीकृत धारणा बनाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक !

नेपाली भूमि अतिक्रमणको बिषयमा एकीकृत धारणा बनाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज अपराह्न सर्वदलीय बैठक बोलाउनुभएको छ। भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो।

नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु सबैलाई पनि आमन्त्रण गरिएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे बोलाइएको हो।

धारतको धार्चुलाबाट चीनको मानसरोवर जान नेपालको दार्चुला जिल्लाको लिपुलेक–कालापानी हुँदै डेढ दशकदेखि सडक निर्माण गरिरहेको भारतले गत शुक्रबार उक्त सडक ट्रयाकको उदघाटन गरेको थियो ।

भरातीय रक्षामन्त्री राजनाथ सिंहले उक्त सडक मार्ग उदघाटन गरेपछि नेपालमा यसको विरोध भएको छ ।