बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले अहिले नेपालमा नयाँ त्रास उत्पन्न भएको छ । जसले गर्दा नेपाल नै लकडाउनमय भएको छ । नेपालमा लकडाउन कहिले खुल्ने भन्ने एकिन नै छैन । सोही कारणले गर्दा धेरै कलाकारहरु मर्कामा परेका छन् ।यस भन्दा अघि कलाकारहरुले गीत संगीत सँगै स्टेज कार्यक्रमबाट आफ्नो जिविकोपार्जन गर्ने गरेका थिए ।
अहिले लकडाउनले गर्दा स्टेज कार्यक्रम लगायत अन्य कामकाजहरु स्थगीत भएका छन् । त्यसैलेपनि कतिपय कलाकारहरुलाई अप्ठ्यारो परिस्थिती श्रृजना भएको छ । सोही कुरालाई मध्यनजर गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितीले राहत बितरण गरिरहेको छ । साथै राहत बितरण कार्यलाई निरन्तरता दिनका लागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिले कोभिड -१९ सहयोग समिति गठन गरेको छ ।
उक्त समितिमा संयोजक रिता थापा मगर, सदस्य सचिव सुवास केसी, सदस्यहरु राधिका हमाल, हरि डाँगी, पिएन सापकोटा, देबी घर्ती, प्रकाश भट्ट, सुवास रेग्मी, सम्भलना लामीछाने र अनुगमन / सल्लाहकारहरु दुर्गा रायमाझी, बद्री पंगेनी, पृथ्बी थकाली रहेका छन् ।
यस समितीले आकस्मिक सहयोगका लागी बैंक खाता सञ्चालन गरेको छ । सहयोग गर्न चाहने ईच्छुक ब्यक्तिले महालक्ष्मी बिकाश बैंक लि. गोङ्गबु , काठमाडौं, नेपाल खाता नं. ०५५००१००४७३३४५०००००१ मा आफुले चाहेको रकम जम्मा गरी सहयोग गर्न सकिने कुरा केन्द्रिय महासचिव सुवास केसीले बताएका छन् । साथै यस खातामा सहयोग गरि महाबिपत्तिमा मानविय धर्म निभाउनका लागि केन्द्रिय महासचिव सुवास केसीले अनुरोध गरेका छन् ।