Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्वारेन्टाइनमा बसेकाहरुलाई राहत दिनको लागि वडाध्यक्ष आफैले सामान लोड गरे

क्वारेन्टाइनमा बसेकाहरुलाई राहत दिनको लागि वडाध्यक्ष आफैले सामान लोड गरे

बिजय केसी-अर्घाखाँची

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले नेपाल र भारतको नाका सुनौली नाकामा धेरै दिनदेखि क्वारेन्टाइनमा बसि स्वदेश फर्केर फेरि आदर्श मा.वि. मालारानी -३ खनदहमा क्वारेन्टाइनमा बस्नु भएका मालारानी -४ का नागरिकहरुलाई आवश्यक पर्ने (ओढ्ने, ओछ्याउने अनि लगाउने) लत्ताकपडाहरु आफै गाडीमा लोड अनलोड गरि व्यवस्थापन गर्नुभएको छ ।

कोरोनाले विश्वभर त्रासको जरा गाडेको अवस्थामा वडा कार्यालय खन, स्वास्थ्य कार्यालय खन, ईलाका प्रहरी कार्यालय खन, स्थानीय पत्राचारहरु, कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति, विद्यालयका शिक्षक तथा कर्मचारीहरु, समाजसेवी, बुद्धिजीवी लगायत अन्य युवा समाजसेवीहरु आफ्नो ज्यान जोखिममा राखेर दिनरात नभनी कोरोना नियन्त्रणको लागी लागिपरेकोले मालारानी -४ मा रैथाने बस्नुभएका, नेपाल बाहिर र नेपाल भित्रबाट मालारानीमा प्रवेश गर्नुहुने वा विषेश गरि मालारानी -४ मा प्रवेश गर्नुहुने सम्पूर्ण व्यक्तिहरुले केन्द्र सरकार, प्रदेश सरकार , स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको लकडाउन सम्बन्धी सम्पूर्ण निति निर्देशनहरुलाई अक्षरस पालना गरि यो समय गहु, जौ लगायतका अन्नबाली भित्र्याउने र मकै छर्ने समय भएको हुँदा यो समयलाई उत्पादन मूलक क्षेत्रमा प्रयोग गरि कृषि क्रान्ति गर्न, अनावश्यक हल्लाहरुको पछाडी नलाग्न र आ आफ्नो घरमा बसि कोरोना रोगको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउनु पर्ने बताउनुभएको छ ।

अन्त्यमा मालारानी -४ ले पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको र बाँकी राहत पाउनुपर्ने तर पहिलो चरणमा कारणवश छुट्नुभएका वडाबासीहरुलाई लकडाउनको समय थपिएको अवस्थामा पहिचानको आधारमा राहत वितरण गरिने र मालारानी -४ बाट क्वारेन्टाइनमा बस्नुहुने सबैको लागि र वडाका बासिन्दाहरुको लागि जस्तोसुकै समस्या परेतापनी त्यो समस्या समाधानका लागी वडा कार्यालय र आफु हरसमय तयारी अवस्थामा रहेको हुँदा समस्या परेको व्यक्तिले सम्भव भएसम्म आफ्नो टोल विकास संस्था मार्फत वा सिधै वडा अध्यक्ष वा वडा कार्यालयमा जानकारी गराउन सकिने कुरा वडा स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती संयोजक बसन्त चौहानमार्फत जानकारी गराउनु भएको छ ।