Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दलबदल तथा संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश बेमौसमको बाजा

दलबदल तथा संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश बेमौसमको बाजा

विगत केही महिनादेखि संसारभर फैलिएको कोरोना भाइरस (कोभिड -१९) ले संसार त्रसित छ । नेपाल पनि झण्डै एक महिनादेखि लकडाउन अवस्था खेपिरहेको छ । कठिन जीवनस्तरमा पनि नेपाली नागरिकले धैर्यता गुमाएका छैनन् । हजारौं नागरिक गास, बास र कपासको पीडामा हजार किलोमिटरसम्म हिँडेरै घर गइरहेका छन् । कति त यात्राकै क्रममा मरिरहेका खबर पनि आएका छन् । तर, सरकारको यतातिर कुनै चासो र चिन्ता छैन । जहिले पनि लकडाउन थप्यो सकियो ।

हिजो जे जे नागरिकले नरुचाएका भ्रष्टचार हिंसाजन्य काम आज पनि यथावत नै चलिरहेको छ । यसमा पनि नागरिकले सोसल मिडियाबाट सामान्य असन्तोष व्यक्त गर्नुबाहेक केही गरेका छ्रैनन् । यस्तो अवस्थामा प्रतिपक्षी दल, नागरिक वा मिडियाबाट त्रसित हुनुपर्ने अवस्था छैन अहिले ।

नेपालको संविधान ०७२ को धारा २ ले सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको छ भन्नले सार्वजनिक पदमा पुगेपछि पदको दुरुपयोग गरेर राजनैतिक स्वार्थ पूरा गर्न संसद्को अधिवेशन अन्त्य भएको २ हप्ता पनि नपुग्दै सरकारले विगतको लेनदेनको आधारमा दलबदल गर्ने, छिटोछिटो सरकार परिवर्तन गर्ने खेल खेल्न र आफ्नो स्वार्थ पूर्ति गर्न सहयोग पुर्याउने मान्छे Yes Man नियुक्ति गर्ने प्रमुख प्रतिपक्षको उपस्थिति विना पनि संवैधानिक नियुक्ति गर्ने अध्यादेश रातारात जारी गर्ने र एक मिनेटसम्म पनि नरोकी तथस्ट भूमिकामा रहेको  महामहिम रास्ट्रपतिले रबर छाप लगाउने कामले जगत हँसाएको छ ।

हिजो निर्वाचनको बेलामा एमाओवादी र एमाले मिल्यौं अब देशमा शान्ति स्थिरता विकास र सुशासन दिन्छौं भनेर नागरिकलाई ढाटेर, झुक्याएर मत मागे, नागरिकले पनि तीन तहको ७६० सरकारमा झण्डै दुई तिहाई मत पायो ।

नेकपाले त्यत्रो मत पाउँदा समेत पारर्शी, विधिसम्मत, देश र नागरिकको हितमा काम नगर्ने एक दल भएको तीन वर्षसम्म पनि भागबण्डा खोज्न अलग अलग देखिने यस्तो कृतिम एकता गरेर नागरिक सामु गरेको बाचा उल्लघंन गर्ने र वर्तमान विषम अवस्थामा संसारका सरकारले आफ्नो देश र नागरिकका लागि विशेष ध्यान दिएका छन् भने नेपालमा भने संसारै हँसाउने गरी राजनैतिक अस्थिरता निम्त्याउन जारी गरेका दुईवटा अध्यादेश क्षमायाचना सहित फिर्ता लिएर सरकार र सत्ताधारी दलको पद घट्ने छैन । बरु बढ्छ नै मौकामै सोचुन।