Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महावीर पुनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई नि:शुल्क पिपिई दिँदै

महावीर पुनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई नि:शुल्क पिपिई दिँदै

काठमाडौँ ,राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई नि:शुल्क पिपिपई उपलब्ध गराउने भएका छन्।काठमाडौंका एम्बुलेन्स चालकलाई यसअघि नै पिपिई उपलब्ध गरेका पुनले आइतबार सूचना गर्दै अब जोखिममा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि पिपिई दिने बताएका हुन्।

आजदेखि जे जति सकिन्छ तल भने अनुसारका व्यक्तिहरुलाई पनि राष्ट्रिय आविष्कार केन्द्रले सित्तैमा पिपिई दिने छ,’ पुनले भनेका छन्, ‘एम्बुलेन्स चालकहरुलाई त पहिलेदेखि नै दिइरहेको छ।’

उनले पिपिई माग गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीबाट पनि माग आएको बताएका छन्। अस्पतालमा काम गर्ने तल्लो तहको स्वास्थ्यकर्मीहरु र तिनीहरुका अभिभावकहरुको तथा सुरक्षाकर्मीहरुको धेरै नै अनुरोध आइरहेको छ,’ उनले भनेका छन्, ‘एकैचोटी सबैलाई दिन सकिँदैन। अति आवश्यक हुनेहरु मात्र पिपिई लिन आउनुहोला। आफ्नो परिचय पत्र ल्याउनु नभुल्नु होला।’

अस्पतालमा काम गर्ने इन्टर्न, रेसिडेन्ट डाक्टर, नर्सहरुले अस्पतालको प्रशासनले पिपिई दिन नसकेको गुनासो गरेपछि आफूले यस्तो निर्णय लिनुपरेको उनले बताएका छन्।

भारत तर्फको सिमानामा काम गर्ने स्वास्थ्यकर्मीहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीजस्ता सुरक्षाकर्मीहरुको पनि एकदमै डराएको अबस्थामा त्यहि नै अनुरोध छ,’ उनले भनेका छन्, ‘धेरै जिल्लाका सिडिओहरु र नेताहरुले पनि फोन गरेर सुरक्षाकर्मी तथा अस्पतालहरुको लागि भनेर अनुरोध गरिरहेका छन्।’