Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बैशाख १ गते दुर्गेश थापाको नेतालाई थर्काउने भिडियो ....

बैशाख १ गते दुर्गेश थापाको नेतालाई थर्काउने भिडियो ....

काठमाडौं - चर्चित गायक तथा मोडेल दुर्गेश थापाको नयाँ गित नयाँ बर्षको अवसरमा बजारमा आएको छ । युवा पुस्ताको मनमुटुमा बस्न सफल गायक तथा मोडेल दुर्गेश थापाले आफ्नै स्वरमा "द मास्कर" नामक नयाँ म्युजिक भिडियो आज नया वर्षको अवसरमा दर्शकलाई कोशिली पुर्वक बजारमा ल्याएका हुन् । यस गीतमा दुर्गेश थापाको आफ्नै शब्द संगीत रहेको छ भने अरोन अशोककुमारले छायांकनको भूमिका निर्भाह गरेका छन् भने यस नया गितको अफिसियल म्युसिक भिडियोमा चर्चित मोडल तथा युटुबर सोनीका रोकायाले पनि मोडलको भूमिका निर्भाह गरेकि छिन् ।

तीजको समयमा ‘बिच्च बिच्चमा’, चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत र ‘ह्याप्पी तिहार’ बोलको गीतबाट धेरै चर्चामा आएका उनले सधै फरक शैलीको गित सार्वजनिक गर्ने गर्छन् । "द मास्कर " नामक नया गीतमा राजनीतिक दलका नेताहरु माथि व्यंग्य प्रहार गरिएको छ भने उनलाई धोका दिने पूर्व प्रेमिका माथि पनि व्यंग्य गरिएको छ । यस गीतको भिडियोमा शिब बिकेको निर्देशन र मिलन विस्वकर्माको सम्पादन रहेको छ ।

https://youtu.be/5xTqdV88XzA