दु:खमा सबैसंग सहकार्य गरेर एकतावहद रुपमा स्वार्थरहित रुपमा अघिबददा सबैको कल्याणनै हुन्छ। अहिले कोरोना भाईरस (कोभीड १९) बिश्वोब्यापी रुपमा त्रास फैलिएको छ। यो विषम अवस्थामा संगै सहकार्य गर्ने चार्टरनै बनाएर अघिबदि रहेका थिए । यदाकदा यी संस्थाविच असमानतर विविधता
स्वार्थको रुपमा प्रभाबकारी भूमिका खेल्न सकेको छैन त्यस्तै सार्क क्षेत्रिय संगठन पनि भारतकै दादागिरीले मृत प्राय थियो। नेपाल अहिले सार्क को अध्यक्ष रास्ट्र हो नेपालले पहल गर्नुपर्नेमा सायद हाम्रो सरकार प्रमुख विरामी भएर होला भारतका प्रधानमन्त्री नरेन्द्र दास मोदिजिले संगै बढौ भनेर प्रस्ताव राख्नु भयो सबै ८ रास्ट्रले सकारात्मक रुपमा लिए बिना स्वार्थ मिलेर अघि बढे सबैको कल्याण हुनेछ। केवल प्रचारका लागि र सस्तो लोकप्रियता का लागि घोषणा गरेको भए समयमात्र बर्बाद हुन्छ।
राम्रा प्रस्तावका साथ अघि बढिरहेको अवस्थामा यी ८ रास्ट्र मध्ये ठुलो रास्ट्र भारतकै कारणले सार्क संगठन मृत अवस्थामा छ। भारतसंग जोडिएका मुलुक भारतबाट प्रताडित छन् नेपालको कुरा गर्दा नेपालका भारतसंग जोडिएका २२ जिल्लामा ७१ स्थानमा ६०,६६२ हेक्टर जमिन मिचिएको छ अझ नया लिपुलेक ,लिपियाधुरा, कालापानीको ठुलो भुमि मिचिएको छ अर्कोतिर देशको चौतर्फी हस्तक्षेप् व्यहोर्नु परेको छ अरु मुलुकले पनि भोगेका होलान्। अपारदर्शी रुपमा आफ्ना गुप्तचर मार्फत कम्जोर अवस्थाका राजनीति गर्ने र प्रशासक लगायतलाई रकम लगानी गर्ने छात्रवृत्ति उपलव्ध गराउने बेलावखटमा अस्थिर बनाउन भूमिका खेल्ने गरेको छ। भारतसंग सिमाना जोडिएका २२ जिल्लामा ७१ स्थानमा ६६२ हेक्टर जमिन मिचिएको थियो भने हाल लिपियाधुरा,लिपुलेक तथा कालापानीमा अरुधेरै भूभाग आफ्नो नक्सामा पारेको छ भने अधिकांश सिमनानदिमा वाध बाधेर सडक निर्माण गरेर नेपालको भूभाग डुवान पारेको अवस्था छ। देशको शाशन प्रशासन समेतमा हस्तक्षेप् छ। त्यसैले धर्म सस्कार संस्कृति मिलेर नागरिक विच सुमुधुर सम्बन्ध भएपनि नेपाली नागरिक विच सम्वन्ध चिसो छ। यस्तै भोगाई भारतसंग सिमाना जोडिएका अरुमुलुक को पनि होला नेपालको भूभाग आफ्नो नक्सामा पारेपछि नेपाली नागरिक र भारत सरकार विच बिश्वासको शंकट पैदा भैरहेको छ। बिशाल भारतले साना मुलुकलाई हस्तक्षेप्कारी भूमिकालाई निरन्तरता दिने हो लोभीपापी नेतालाई हात लिएर देशलाई दु:ख दिईनै रहने हो भने जस्तो सुकै आकर्षक नारा दिएपनि सार्थक रुप धारण गर्न सक्दैन। सिमित नेतालाई पद् दिलाउन र आफ्नो आदेश मानेसम्म दिलाउने विमति हुदासाथ पदच्युत गर्ने अख्तियार गरिने रहने हो भने यस्ता आकर्षक नाराले केहि हुने वाला छैन।
अब साच्चै मन,बचन र कर्मले बिस्व सभ्यताका जननी एसियाका यी सबै देशको आ-आफ्ना विशेषता छन्। ठुलो देश भएको नाताले भारतले अब मन ,वचन र कर्मले पारदर्शी रुपमा पारदर्शी विदेश नीति, अहस्तछेप नीति ,असंलग्न पररास्ट्र नीति र पंचशिल शिदान्तका आधारमा चल्ने विदेश नीति बाट बिचल्लित नहुने हो भने सबै मुलुक बीच सदभाव समन्वोया सहकार्य गर्ने हो। झन्डै ३० बर्ष अघि स्थापना भएको साल बडा पत्र अनुशार साझा सवालमा नियमित अघि बढ्ने हो भने अहिले भारतका माहमहिम प्रधानमन्त्रीले कोरोना लगाएत बाट सहकार्य गरेर यस क्षेत्रका नागरिकलाई स्वस्थ राख्न यी ८ मुलुक अघि बढ्ने हो भने साच्चै हो भने २१औं सताब्दिका स्मरण गर्न लायक व्यक्तित्वो हुने छन् होइन भने सस्तो राजनीति हुनेछ मोदी डक्टरिन बिरुद्ध सार्क आपतकालीन कोष को औचित्य हिन हुनेछ।