Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

के तपाईपनि आफ्नो फेसबुक र वाइफाई पासवोर्ड ह्यायाक भएर हैरान हुनुभाछ ? यस्तो छ चोर पत्ता लगाउने उपाय

के तपाईपनि आफ्नो फेसबुक र वाइफाई पासवोर्ड ह्यायाक भएर हैरान हुनुभाछ ? यस्तो छ चोर पत्ता लगाउने उपाय

काठमाण्डौ,

अहिले सानो बालकदेखि बृदासम्म हरेक व्यक्तिले सामाजिक संजाल प्रयोग गर्नथालेका छन । सामाजिक संजाल प्रयोग गर्दै गर्दा कतिलाई सकारात्मक फाइदा भएको छ भने कतिलाई नकारात्मक कुरा पनि सिकाइरहेको छ । अहिले पछिल्लो समयमा सदुपयोग भन्दा दुरुपयोग बढिरहेको छ । पछिल्लो समय पासवोर्ड चोर्ने अथवा ह्याक गरेर चलाउने प्रवृति बढिरहेको छ । तपाईंले सजिलोको लागि सबैजसो सामाजिक सञ्जाल, वेबसाइटदेखि वाइफाइसम्म एउटै पासवर्डको प्रयोग गरिरहनु भएको छ भने त्यो सुरक्षित हुदैन ।

एउटा मात्र पनि पासओर्ड पत्ता लगाएको खण्डमा तपाइको सबै सामाजिक सञ्जाल, वेभसाइट, इमेल र वाइफाइ समेत ह्याकरको नियन्त्रणमा पुग्छ । त्यसैले हरेक साइटका लागि फरक/फरक पासवर्ड राख्नु अत्यन्तै जरुरी छ । यदि तपाई इन्टरनेटको दुनियाँमा सुरक्षित हुन चाहानुहुन्छ भने पासवर्डहरु नियमित परिवर्तन गरिरहनु पनि जरुरी छ । यस्तो प्रविधको प्रयोग गर्न सकेमा सवै वेबसाइटमा फरक पासवर्ड राखेर पनि बिर्सिदैन भने कसैले ह्याक गरेर पासओर्ड नै चोरो भने पनि सहजै चोर पत्ता लगाउनु सकिन्छ । हामि तपाईलाई सोही प्रविधिको बारेमा यहाँ जानकारी प्रस्तुत गर्दैछौ ।

बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरका अनुसार प्रख्यात नामहरु, फिल्म वा उपन्यास वा कमिक्सका फिक्सनल क्यारेक्टर (जस्तै सुपरम्यान, स्पाइडरम्यान, ह्यारी पोटर), १ देखि ९ सम्मको नम्बर, फोन नम्बर जस्ता कुरालाई पासवर्डको रुपमा राख्दा धेरै ह्याक हुने गरेको छ। यदि तपाईंको पासवर्ड पनि यस्तै प्रकारको छ भने तत्काल परिवर्तन गरेको राम्रो। यस्तोमा विज्ञहरु पासवर्ड म्यानेजर एपको प्रयोग गर्ने सल्लाह दिन्छन्। यसको प्रयोगले तपाईलाई बारबार सबै पासवर्ड याद गर्नु पर्दैन। यो एपले सबै पासवर्डलाई सुरक्षित राख्ने तथा सुरक्षित पासवर्ड छनोट गर्न पनि सहयोग गर्छ। तपाईंले आफ्नो पासवर्ड कसैले चोरेको छ या छैन भनेर एउटा सामान्य सेक्युरिटी वेबसाइटको मद्दतले थाहा पाउन सक्नु हुन्छ । यसका लागि ‘ह्याभ आई बिन पन्ड डट कम‘मा गएर आफ्नो इमेल राखेपछि, त्यहाँ तपाईको इमेल कुनै ‘डाटा ब्रिच’ (ह्याक गरेर डाटा सार्वजनिक गर्ने) मा लिंक भएको छ या छैन थाहा पाउन सकिन्छ। यसबाट आफ्नो अकाउन्ट कसैले ह्याक गरेको छ या छैन थाहा हुन्छ। विज्ञहरुका अनुसार हालसम्म पासवर्ड म्यानेजरको प्रयोगलाई सुरक्षित मानिएको छ। हाल प्रयोग गरिएका सबैजसो वेब ब्राउजरमा (जस्तै गुगल क्रोम, फायर फक्स, सफारी) यो फिचर छ। तर तपाई अझै सुरक्षित र सबै प्ल्याटफर्ममा प्रयोग गर्न मिल्ने माध्यम चाहनुहुन्छ भने ‘वन पासवर्ड‘ तथा ‘लास्टपास‘को निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ । तर एउटै पासवर्ड धेरै पटक अथवा धेरै वेबसाइटमा प्रयोगले भने अत्यन्त ठूलो जोखिम निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् । यसकारण हामि आफै सजग हुनु आवश्यक छ ।