Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस्तो बन्यो ‘चपली हाइट ३’ को टिजर

यस्तो बन्यो ‘चपली हाइट ३’ को टिजर

काठमाण्डौं,

नेपाली चलचित्र क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको बेला एकपछि अर्को फिल्म बन्ने क्रम जारि छ । पहिलाको जस्तो फिल्म नचल्ला भन्ने डर छैन अब अरुको भन्दा बादी कसरि चलाउने भन्ने कुराले मात्र निर्देशक लाई पिरोल्न थालेको छ । अर्को महिनाको २५ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म चपली हाइट ३ को टिजर सार्वजनिक गरिएको छ । यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पौने दुई मिनेट लामो टिजरमा सस्पेन्स थ्रिलर शैलिमा तयार गरेको जानकारी दिइएको छ । टिजरमा असिभनेत्री स्वास्तिमा खड्का र अभिनेता अर्पण थापा देखिएका छन् ।

अर्जुन कुमारले निर्माण गरेको यस फिल्ममा स्वास्तिमा र अर्पणका साथै सुपुष्पा भट्ट,महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दिपाश्री निरौला , लक्ष्मी बर्देवा, जीवन भट्टराईलगायतले अभिनय गरेका हुन् । अर्जुन कुमारको फिल्मको ब्यानरमा निर्मित यो फिल्म पुरानो फिल्म चपली हाईटको पुरानो श्रृँखला हो ।